कपिलवस्तु । जिल्लाको बाणगंगा सिंचाइ नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–९ निग्लिहवा बस्ने बेद प्रकाश कुर्मीको छोरा १० वर्षीय आर्यन कुर्मीको घर नजिकै रहेको वाणगंगा सिंचाई नहरमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया