आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

पर्सा । जिरा भवानी गाउँपालिका–५ शंकरसरैया टोल बस्ने लाल बहादुर दास थारूको गोठमा आगलागी भएको छ ।

आगलागी हुँदा गोठ, गोठमा रहेका चौपाया र काठपात पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ