राकेश यादव, रौतहट । जिल्लाको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले आम जनता पार्टीका केन्द्रीय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले अपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिको बचाउ गर्नका लागि न्यायपालिका माथि गलत टिप्पणी गरेको बताएका छन् ।
बौधिमाई नगरपालिकाको सभाहलमा बुधबार पत्रकार सम्मलेन आयोजना गरी नगरप्रमुख यादवले रौतहट जिल्ला अदालतले बौधिमाई नगरपालिका ८ बस्ने गंगा राम बैठालाई पुर्पक्षका लागि दिएको आदेश पछि जिल्ला न्यायाधीशलाई लक्षित गरी गरेको टिप्पणी कानून विपरीत रहेको बताएका हुन् ।
विभिन्न मुद्दामा मुछिएका बैठालाइ अदालतले थुनामा राख्ने गरी दिएको आदेश कानून सम्मत भएपनि सांसद साहले आफ्नो फेसबुक पेज मार्फत नेताहरुको झोले न्यायाधीशले रौतहटको बदनाम एवं अस्तव्यस्त भयो बेईमान एवं अयोग्य न्यायधीशहरुलाइ छानविनको दायरामा ल्याउन म सम्मानीय प्रधान न्यायधीश ज्यूको विशेष ध्यानाकर्षण गराउदछु भनी लेख्ने अधिकार कुन कानूनले उहाँलाई दियो भनी प्रश्न समेत गरे ।
बौधिमाई नगर कार्यपालिकाको बैठकबाट वडा नम्बर ८, ७ र ९ मा नाला निर्माण कार्यको लागि सरकारी जग्गा सड़कमा बनाइएको संरचना हटाउन जाँदा पक्राउ परेको बैठा सहितले नगर प्रमुख, कमर्चारी, प्रहरी माथि आक्रमण गरेको थियो ।
हत्या र हिंसाको राजनीतिक गरिरहेका प्रभु साहले पहिलाको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सरमूजवा, कोपवा पिपरियामा के कति विकास निर्माणको कार्य गरे भने प्रश्न गर्दै निर्दोषको हत्या हुँदा न्यायका लागि आवाज उठाउन नसक्ने सांसद साहले आपराधिक गतिविधिमा सामेल भएका व्यक्तिको बचाउमा स्वतन्त्र निकाय न्यायपालिका माथि गरेको गलत टिप्पणी कटाक्ष कानून विपरीत भएको ठहर गरे ।
काशीनाथ तिवारी, शिक्षक सुनील यादव, कुस्ती खिलाडी उपेन्द्र दास बैरागीको हत्या काण्डमा मुछिएका साह आफु विकास प्रेमीको ढोंग गर्ने गरेको आरोप लगाए । मेयर यादवले भने, डर त्रास र धमकी दिएर नीतिगत भ्रस्टाचार गर्ने प्रभु साहसँग नडराइ जनताका लागि निर्धक्क रुपमा काम गर्दै जाने र सो क्रममा आफ्नो बलिदानी दिनु परे पछि नहटने दृढत्ता व्यक्त गरे ।
मौलापुर नगरपालिकाले कर नलिइरहेको प्रचार गर्ने साहलाई नगरपालिकाले २ वटा सरकारी गाडी कहाँबाट खरीद गरेको जिकिर गर्दै जनताको करमा भ्रष्टाचार गर्ने गरेको टिप्पणी गरे । प्रदीप मणि दीक्षितको साढ़े ३ बीघा जग्गा बलपूर्वक कब्जÞा गरी आफ्नो आमा लक्ष्मीनिया देवीको नाउँबाट विद्यालय स्थापना गरेको साह माथि कÞानूनी कार्यवाही गर्न मांग समेत गरे ।
सांसद साहले सञ्चालन गरेको स्मृति प्रतिष्ठानको नाउँमा देवाही गोनाही नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिकासहित संघीय सरकारबाट १३ करोडभन्दा बढी रकम ल्याएर अनियमितता गरेको ठोकूवा गरे । मेयर यादवले भने, ‘अरुलाई पारदर्शिताको पाठ सिकाउने सांसद साहले आफै नीतिगत भ्रस्टाचार गरिरहेको छ ।’
मौलापुर नगरपालिकाले खरीद गरेको जग्गामा निर्माण गरिएको मौलापुर पिकनिक पार्कको संचालकमा आफ्नो नातेदार भारतीय नागरिक सालो नाता पर्नेलाई बनाएको र पार्क होटलको संचालकमा साढ़ू नाता पर्नेलाई राखेर त्यसको आम्दानीलाई सार्वजानिक नगरी सिधै अनियमितता गर्ने गरेको उल्लेख गरे ।
२ वटा भारतीय नम्बरको गाडी भाडामा राखेर नेपाली नम्बरको गाडीको कागजात पेश गरी रकम निकाल्ने सांसद साहमाथि छानबीन गरी कÞानून कार्यवाही गर्न सम्बन्धित निकायसँग अपील गरेका छन् ।
तपाईको प्रतिक्रिया