राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा दलित छात्र छात्राहरुलाई व्याग र लुगा वितरण गरिएको छ ।
सिस्टर फाउण्डेशन नेपाल काठमाडौंको सहयोग र स्थानीय संस्था महिला तथा बालबालिका उत्थान केन्द्रको सहकार्यमा बालबालिकाहरुलाई शैक्षिक सामग्री सहितको बैग तथा चिसोमा लगाउने लुगा वितरण गरिएको हो ।
सहयोगी संस्थाकी अध्यक्ष शोभा थापाले गाउँका १५० जनालाई आफै उपस्थित भएर सामग्री वितरण गरेका हुन् । स्कुल व्याग, कापी, पेन्सिल, कटरसहित जाडो मौसममा लगाउने स्वीटर, ज्याकेट, सर्ट, पेन्ट, टीसर्ट, महिलाहरुको लागि साडी, बालबालिकाका लागि पैन्ट, कुर्ता लगायतको सामग्री दिइएको अध्यक्ष थापाले जनाइन् ।
महिला तथा बालबालिका र पीडितको पक्षमा सामाजिक अभियन्ताको रुपमा कार्य गर्दै आएकी थापाले बालबालिकाको लागि सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताएइन् । दुःखमा सहयोग गर्दा आनन्दको अनुभूति हुने गरेकोले सामाजिक कार्यमा लागेको बताउँदै समस्यामा परेकालाई मानवताको हिसावले सबैले सहयोग गर्नु पर्ने धारणा राखिन् ।
उनले चिसोको समयमा लताकपडा नभएको कारण् बृद्धबृद्धा र बालबालिका जोखिममा पर्ने भएकोले यस्तो अवस्था नआओस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् । अध्यक्ष थापाले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
सामग्री वितरण कार्यक्रममा स्थानीय संस्था महिला तथा बालबालिका उत्थान केन्द्रका अध्यक्ष चन्द्रकला देवी राम, प्रधानाध्यापक रूपलाल राम, अध्यक्ष थापासँग आएकी उनको आमा, दीदी लगायत स्थानीय भरभलादमी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया