यस्तो छ बिमस्टेक घोषणापत्रका प्रमुख बुँदाहरु

समाचार

9/16/2018

काठमाडौं, १५ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनले काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

सम्मेलनका मुख्य बुँदाहरु यसप्रकार छन् :

१. बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
२. स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
३. बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
४. बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
५. बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
६. अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
७. यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
८. यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
९. बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिने
१०. बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
११. अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
१२. आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
१३. जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
१४. बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
१५. साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
१६. कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
१७. जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा र्पुयाउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
१८. बुद्ध सर्किट बनाउन सहमत ।
१९. सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
२०. पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
२१. भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ