‘चलु जनकपुर, भरु जनकपुर’

समाचार

9/16/2018

जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनकपुरधाममा आमसभा गर्न लागेको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउन गठबन्धनले सो आमसभाको आयोजना गर्न लागेको हो ।

डा. राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आह्वान गर्दै संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउन ‘चलु जनकपुर, भरू जनकपुर’ नारा दिएका छन् ।

डा. राउतले मधेशकेन्द्रित दलका नेताहरूमाथि विभिन्न आरोपसमेत लगाएका छन् । उनले प्रदेश २ को सरकारले ल्याएको विधेयकलाई खारेज गर्नका लागि जनकपुरधाम आउन आह्वानसमेत गरेका छन् ।

प्रदेश २ को सरकारले ल्याएको विधेयक मधेशी अधिकार खोसिएको दाबीसमेत गरेका छन् ।

यसैगरी, गठबन्धनले मधेशभरि संविधानको विरूद्धमा कालो दिवस मनाउने, सभा गोष्ठीको आयोजना गर्ने लगायतका कार्यक्रमहरू गर्ने सहसंयोजक कैलाश महतोले मधेशवाणीलाई जानकारी दिएका छन् । उनले मधेश विरोधी संविधान खारेज हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ