जनकपुरधाम, २६ असोज । प्रदेश नं. २ मा शुक्रबार एउटा विधेयक प्रमाणीकरण गरिएको छ ।
प्रदेश नं. २ को विपद व्यवस्थापन विधेयक, २०७५ लाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शुक्रबार प्रमाणीकरण गरेका छन् ।
प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गरेका हुन् ।
अहिलेसम्म प्रदेश नं. २ मा कुल १३ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन । यसरी प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरु ऐन बन्दछ ।
तपाईको प्रतिक्रिया