मैले गर्दा नै मधेश आन्दोलन भएको छ र मैले नै मधेश आन्दोलन गराएको छु भनेर धाक नलगाए हुन्छ । आन्दोलन भनेको समयको माग हो । फेरि जुन दिन मधेशी आमजनतालाई लाग्ला कि आन्दोलन हुनु प¥यो त्यो दिन स्वस्फूर्त आन्दोलन हुन्छ नै ।

भनिन्छ, नेपाल सत्तीले सरापेको देश हो । साँच्चै नै हो कि ? किनभने आजै मात्रै होइन कयौं वर्षदेखि नै हाम्रो प्यारो देश नेपाल राजनीतिक अस्थिरता, राजनीतिक हत्या, हिंसा खेपिदै आइरहेको छ । सुरुवात पृथ्वीनारायण शाहदेखि गरौं भने एकीकरण ताका पनि धेरै नै षड्यंत्र, हत्या, हिंसा जस्ता घटनाहरु घटे ।

हाम्रा नेताहरु सत्तामा जाने बित्तिकै सुखभोगी भइहाले । हाम्रा नेताले चुनाव जितेपछि ठूल–ठूला गाडि र ठूला–ठूला सुख सुबिधा भोगेको कुरा अब जनताले पचाउन सकिरहेका छैनन् । जनताले हेरिरहेका छन्, कसरी हाम्रै मत लिएर चुनाव जितेका नेताहरु हाम्रो जीवन उकास्ने कुनै कार्य नगरी आफ्नै सुख सुविधमा रमाइरहेका छन् ।

हामीलाई स्मरण भएको हिसाबमा विक्रम सम्बत २०४७ सालपछि हामी मधेशको वासी मधेशी हौ भन्ने कुरा बुझ्यौं । तत्पश्चात् गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टीको गठनसँगै मधेश र मधेशीको हकहितको नाममा चरणबद्ध रुपमा मधेश आन्दोलनको सुरुवात भयो ।

महान मधेश जनविद्रोहबाट प्राप्त संघीयता जसको प्रयायवाची कुनै बेला मधेश प्रदेश हुने गर्दथ्यो । संघीयता भनेकै मधेश प्रदेश भन्ने खालको भाष्य निर्माण भएको थियो । मधेश प्रदेशको राजधानी जनकपुरधाम राजनीतिक चर्चा परिचर्चाको केन्द्रमा हुन्थ्यो ।

नेपाल एक ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक रूपमा धनी देश हो । हिमालयको काखमा अवस्थित हाम्रो देशले हजारौं वर्षदेखि आफ्नै पहिचान जोगाइरहेको छ ।

संघीय सरकारको नेतृत्व गर्दै आएको प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ऐमालेबिचको ७ बुँदे सहमतिमा गत असार ३१ मा गठन भएको सरकारको प्रमुख उद्देश्य संविधान संशोधन तथा सरकारको स्थायित्व दिने नै हो भनेर तर्क अहिलेको सरकारले नै गरिरहेको छ ।

नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन ईन्जिनियरहरुको हकहितका लागि लड्ने एक छाता संगठन हो । ईन्जिनियरिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउनु नेपाल ईन्जिनियरिङ एसोसिएसनको प्रमुख कार्य हो । नेपाल ईन्जिनियरिङ एसोसिएसनको चुनाव आउँदो भाद्र २२ गते हुँदैछ ।

मधेश विद्रोहको १७ वर्ष भएको छ । २०६३ माघ १ गते तत्कालीन सात दल र नेकपा माओवादीले घोषणा गरेको अन्तरिम संविधानमा मधेश मुक्तिको मुख्य मुद्दा संघीयता विरुद्ध षड्यन्त्र भएको भन्दै माघ २ गते मधेशीहरुको साझा मञ्च फोरम नेपालले मधेश बन्द र अन्तरिम संविधान जलाएका थिए ।

शिव शनि धामको जरोमा रहेको सरकारी वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा शिव शनि धाम नामको समाजसेवी संस्थाको बीचमा असमन्वय र पुजारीलाई धामबाट भगाउने नियतले टहरा भत्काएको घटनाको पृष्ठभूमिमा रहेको परस्पर विवाद र द्वन्द्व र त्यस द्वन्द्व सरकारी अड्डाले तटस्थतापूर्वक खेल्नुपर्ने भूमिकाको सट्टा वन उपभोक्ता समितिसँग मिलेर पुजारीको घर नै भत्काउने कारबाही गरेको देखिन्छ ।

विश्वकै पुरानो धर्म सनातन धर्म हो । यस धर्मका संस्थापक आदि शकंराचार्य र तपस्वी ऋषिमुनिहरु हुन् । मानव उत्पतिको आदि अनादिकालदेखि नै सम्पूर्ण धर्तीवासी मानवहरुले मान्ने गरेको मुल एउटै धर्म हिन्दु सनातन धर्म हो ।

परम्परागत तरीकाले टेलिभिजन, युट्युव, एप्सलगायतका माध्यममार्फत संचालन गरिने समाचार वा अन्य कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) अथवा भर्चुअल वाचिका÷वाचकलाई स्थान दिन थालिएपछि यसको चर्चा अत्याधिक छ ।

गणतन्त्रको विशिष्टताहरूबाट परास्त हुँदै उसका शत्रुहरूको शमन हुँदै जाने हो । शत्रुहरू आपसे आप शान्त नभएसम्म गणतन्त्रमाथिको खतरा टर्ने होइन । यसर्थ गणतन्त्रको कुरा गर्दा पहिलो पंक्ति यसको रक्षाको सन्दर्भ उल्लेख्य हुन आउँछ ।

२०४२ सालको बमकाण्डका नायक रामराजाप्रसाद सिंह बारे धेरै अपवाह थिए अहिले पनि छन् । यस्तै अपवाह पछाडी लागेर सुरु भएको थियो। रामराजाप्रसाद सिंह बारे मेरो बिचारमा नेपाली कांग्रेस पृष्ठभूमिका मानिसहरु २०४२ सालको बम काण्डलाई दरवार प्रायोजित भन्थे, दरबारियाचाहि भारत प्रयोजित भन्थे ।

अहिलेको राजनीतिक ब्यबस्था अर्थात् लोकतन्त्र, संघीयता, गणतन्त्र ल्याउन उनले खेलेको भुमिका अतुलनीय छ । उहाँको यहि भुमिकालाई कदर गर्दै राष्ट्रिय सहमतिको अधारमा राष्ट्रपतिको भुमिका उहाँलाई दिदा राष्ट्रकै गौरव बढने छ ।

बेथितीले हरेक क्षेत्रलाई प्रभावित गरेकोले आन्दोलन कुनै पनि कारणले उठ्ने सम्भावना छ । यो आन्दोलन कुनै खास समुदायमा सिमित रहँदैन । यसमा आम जनता उठ्ने बाध्यता छ । जनआक्रोशले श्रीलंका मा राष्ट्रपतिलाई लेखेटेर विदेश पठाएको, जहानियाँ मन्त्रीहरुलाई नाङ्गै बजारमा लखेटेको घटनाहरु नेपाली जनताले बिर्सेको छैन ।

मुलुकले आफ्नो आवश्यकता र सम्भावनालाई अवलोकन गरेर अठोट तय गर्नुपर्छ । प्रकृति, संस्कृति र समाजलाई बिगार्ने र भावी पुस्तालाई असर गर्ने वस्तु तथा पदार्थको विक्री वितरणमा रोक लगाउने नीति माथिबाटै प्रष्ट निर्देशित हुनुपर्छ ।

पुरानालाई खराब देखाएर नयाँ दल कुनै निर्वाचनबाट उदाउन सक्छ, तर विकल्पकै रुपमा स्थापित हुन सक्दैन्। केही निर्वाचनमा मतदातालाई झुक्याएर सजिलै जनमत प्राप्त गर्न सक्छ। तर जब नयाँ दलको चाल र चरित्र पुरान दलसँगै मिल्दै जान्छ तब नयाँ पनि नाङ्गिनेमा कुनै शंका नै छैन ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति आगामी चैत ५ गतेका लागि तय गरेको छ । २०६५ सालदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तय भए पनि विद्यार्थी संगठनहरुको आन्तरिक तयारी भने कमजोर देखिएको छ ।

प्रथम मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहीद भएका थिए । दोस्रो जनआन्दोलनको सफलतापछि २०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो ।

१६ वर्ष अवधिमा केही नेताहरू मोटाएका छन्, धन–कुबेर बनेका छन्, मन्त्री पदमा बसेर अकूत सम्पत्ति कमाएका छन् तर जनता जो जनार्दन हुन्, उनीहरूको अवस्था पहिलेभन्दा पनि जर्जर बनेको छ ।

राज्यको दोहोरो चरित्रको विरुद्धमा एउटा लडाई अपरिहार्य रहेको महसुस गर्दै तत्कालीन मधेसी जनाधिकार फोरमको नेतृत्वमा ऐतिहासिक मधेस जनविद्रोहको संखनाध गर्यौ ।

एमाले र जसपा पारस्परिक विपरित चरित्रको भएको, एमालेले मधेशमा गराएको नरसंहार, विध्वंशबाट मधेश पूर्णतया वाकिफ छ । यस गठबन्धनबाट जसपाका नेता कार्यकर्ता पनि असन्तुष्ट रहेकोले नैतिकता भएको नेता कार्यकर्ताले निर्देशन बमोजिम अनैतिक कार्य गर्न तयार हुँदैन ।

मधेश प्रदेश सरकारमा म साढे तीन वर्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा कार्य गरें । संघीयतालाई नेपालमा संस्थागत गर्न जति महत्वपूर्ण ऐन, कानूनहरु थियो ती कानूनहरु सबभन्दा पहिला मधेश प्रदेश सरकारले नै बनायो ।

कार्यकर्ताभन्दा सक्षमलाई प्राथमिकता दिनु त्यति नै जरुरी छ । ठूला नेताको वर्चस्वको अपरिहार्यतालाई अन्त्य नगरी यी कुराहरु सम्भव छैन्।ठूला नेताहरुले आफ्ना काम र व्यवहार नसुधारे नेता बदनाम र दल कमजोर हुँदै जान्छ ।

ट्रेन्डिङ