मध्यमधेश आयातित र अपरिपक्व चिन्तन हो । यसको नाममा मधेशको इतिहास भुगोल नबिगारौं । मधेशलाई विभाजन गर्ने बीउ नछरौं । मध्यमधेश नामाकरण गर्दा भोलीे गएर पूर्वी र पश्चिमी मधेशका कुरा उठ्न सम्भावना त्यतिकै बलियो देखिन्छ ।
नेपालमा एमसीसीबारे बहस हुँदा यसलाई ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सँग जोड्ने गरेको पाइन्छ । के साच्चै एमसीसी ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कै अंग हो त ? अथवा ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अमेरिकाको सैनिक रणनिति वा गठबन्धन हो त ? यी सम्बन्धहरूका बारेमा यहा काल्पनिक कुरा बढी हुँदारहेछन् ।
म सधै मधेश आरक्षण कोटाका लागि लेखमार्फत आन्दोलन गर्ने, आज भन्दै छु मधेशी कोटा खारेजी गरौं । मधेश आन्दोलनबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरूमध्ये आरक्षण पनि एक हो ।
अहिले सरकारको एमसीसी पास गराउने अडान र एमसीसी सम्झौता राष्ट्रघाती हो भनेर सडकमा उर्लेर आएको नेपाली जनताको आन्दोलनले राजनीतिक बहसलाई कसमकसमा राखेको छ ।
संघीयताको असल र कमसल पक्षबारे चर्चा र विश्लेषण गर्दा प्रदेश २ को सम्बोधन आवश्यक नै हुन्छ । संघ अथवा स्थानीय सरकरको शक्तिको प्रयोग र परीक्षणको अभ्यासले प्रदेशमा पार्ने प्रभावको भन्दा पनि प्रदेशमा भइरहेको स्थायी सत्ताको शक्ति परीक्षणको चर्चा ग्रामिण क्षेत्रसम्म हुनेगर्छ ।
राष्ट्रिय जनगणनाको सन्दर्भमा अहिले लिपुलेक, कालापानीसहितका भूभागमा बस्नेहरूको नामावली संकलनमा असमर्थता छ । सुगौली सन्धिमा उल्लेख मेची र काली नदी बीचको क्षेत्र अन्तर्गत काली नदी क्षेत्रको लिपुलेक र कालापानीसहितको भूभाग अहिले भारत अधिनस्त छ ।
सामान्यतया एक विशिष्ट वा अद्वितीय विशेषता वा कौशलता को परिणाम स्वरुप कुनै व्यक्ति लिजेन्ड्री बन्ने गर्दछ ।कुनै पनि व्यक्ति रातारात लिजेन्ड्री बन्ने गर्दैन। तिनीहरू समयसँगै बढ्छन्, आफुलाई अब्बल सावित गर्नका लागि चुनौतीहरूको बीचमा जरा गाड्छन्।
एमसिसीको विरोधमा कम्युनिष्ट पृष्ठभूमिका नेताहरू देखिन्छन्, अर्कातिर अहिलेको राजनीतिक प्रणालीसँग नाखुस राजावादीहरूले कम्युनिस्टहरूसँगै काँधमा काँध मिलाएका छन् । एमसिसीको चर्को र उत्तेजनापूर्ण विरोध गर्ने अर्को समूह संघीयता विरोधी हुन् । यी समूहहरू नबुझेर वा लोकतन्त्र विरोधी, अमेरिका विरोधीजस्ता अन्यत्रै शक्तिबाट सञ्चालित र प्रायोजित हुन सक्छन् ।
राजनीतिको नाममा नेताहरूले गर्दै आएका चलखेलका कारण देशभि भ्रष्टाचार, जातिवाद, अतिवाद र वंशवादजस्ता कुपक्षहरूले संस्थागत रूप लिएको छ । राज्यका अंगहरूमा कार्यकर्ता भर्ती गर्ने परम्पराले एकातर्फ क्षमतावानलाई पीडा दिएका छन् भने अर्कोतर्फ अंगहरू नै निष्प्रभावी हुँदै गएको छ ।
चार वर्षको अथक प्रयत्न पछि प्रदेश २ को नाम ‘मधेश प्रदेश’ कायम भएको छ । तीन दलको संयुक्त प्रस्ताव ‘मधेश प्रदेश’को पक्षमा मतदान हुँदा प्रदेश २ले नाम औपचारिक नाम पाएको हो । मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले ‘मधेश प्रदेश’को पक्षमा मतदान गरेका थिए ।
बंगलादेश वा अन्य देशमा हिन्दु समूदायमाथि निरन्तर आक्रमाण हुँदा नेपाली राजनीतिककर्मीले आवाज नउठाइनुलाई फरक पाटोबाट विश्लेषण गर्न सकिन्छ । हुनतः धर्म निरपेक्ष रहेपनि अभ्यासमा हिन्दु संस्कारको बाहुल्यता छ ।
आज असोज ३ गते अर्थात् संविधान दिवस । लामो संघर्ष र ठूलो त्याग बलिदानपछि मुलुकले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान २०७२ असोज ३ गते पायो । शताब्दीदेखिको ठूलो संघर्षपछि नेपालको सार्वभौमसत्ता नेपाली जनताको हातमा आयो । नेपालमा पहिलोपल्ट जनताले आफ्नो लागि आफैले संविधान बनाउने अवसर पायो ।
‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली’ र ‘सार्वभौम भई फैलिएको मेचि महाकाली’ यो हाम्रो राष्ट्रिय गानले शब्दचित्रमा हाम्रो विविधतालाई पनि देखाउँछ, भाषा संस्कृतिको पनि कुरा गरेको छ । फुलको रुपमा हामीलाई देखाएको छ भने थुंगाको रुपमा समूहलाई देखाएको छ । यो एउटा सिम्बोलिक हो । तर फुल त फुल्छ झर्नका लागि । फुल त सुक्न सक्छ नि र फुल सुक्यो भने मालाको धागो मात्रै रहन्छ अर्थात् भूगोल मात्रै रहन्छ ।
हामी सबैलाई थाहा पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपाल बाईसै/चौबीसै राज्य थियो । अर्थात पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपालमा २४ ओटा सा–साना राज्यहरु रहेको थियो। शाहवंशको शासन भन्दा पहिला नेपाल ५२ राज्यीए देश भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।जब नेपाल देशको निर्माण २४ ओटा सा–साना राज्यको एकीकरणबाट भएको हो भने यसलाई बहुराष्ट्रिय राज्य भन्न किन मिल्दैन ।
नागरिकता अध्यादेशको बारेमा देशको सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो गरेको अन्तरिम आदेशबाट मधेश, थरुहट, पहाड र हिमालका लाखौं जनता निराश भएका छन् । सर्वोच्चको आदेश वा निर्णयको पालना र सम्मान गर्नु पर्ने सबैको बाध्यता भए पनि यस्ता आदेश र निर्णयबारे टिप्पणी र महीन केलाई गर्नु हरेक नागरिकको अधिकार हो ।
ऐतिहासिक दृष्टिकोणबाट हेर्नेहो भने मधेशले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गर्दे आएको छ । मधेश राजनितीको एउटा यस्तो उर्वर भूमि हो । जहाँ विगतदेखी वर्तमान सम्म केही सिमित नेताले मधेशको नाममा लुटतन्त्र मच्चाउदै आएका छन् । आफुले भनेको गरेको जस्तो सुकै ठिक हुने तर अरुले भनेको गरेको कुरालाई राष्ट्रघाती देख्ने केही सीमित नेताहरु मधेशको नाम भजाउदै पटक पटक मन्त्रीको कुर्चीबाट हटछन् फेरी मधेशका मागहरु सम्झनामा आउन थाल्छन् अनि फेरी मधेश र मधेशीको नाममा राजनिती सुरु हुन्छ ।
हरेक पटक “मधेशका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन्। अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको समर्पणलाई अबोध र अवचेतन मधेशी समुदायले क्या बात भनेकै थिए। मधेश नामबाट व्यापार र मधेश भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो।
महन्थ ठाकुर नेपाली राजनीतिका चिर परिचित व्यक्ति हुन् । अहिलेसम्म ठाकुरले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएको छैन । लगभग चार दशक नेपाली काँग्रेसमा आबद्ध रहेका ठाकुर २०६४ सालमा काँग्रेस त्याग गरेर मधेशकेन्द्रित राजनीतिमा सकृय भएका थिए । काँग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुर मधेशकेन्द्रित दलमा पनि आफ्नो छविमा दाग लाग्न दिएको छैन ।
जसपाको रोजाई ओली कि ओलीको विकल्प प्रष्ट भई नसकेको अवस्था छ । सके जसपाको साथ लिएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने । आफ्नो नेतृत्वको सरकारलाइ निरन्तरता दिन नसके विकल्पमा सरकार नै गठन हुन नदिने खेलमा प्रधानमन्त्री ओली रहेका छन् । ओली नेतृत्वको सरकारले निरन्तरता पाउन नसकेमा, अर्को सरकारको गठन गर्ने प्रकृया आरम्भ हुन्छ ।
अहिलेसम्म प्रधानमन्त्री ओलीजीसँग कुनै पनि सम्झौता भएको छैन । उहाँ आश्वासन दिनुभएको छ, कामकारबाही अगाडि बढाउनुभएको छ । स्वाभाविकरूपले उहाँसँग हाम्रो भेटघाट निरन्तर भइरहेको छ । अन्य नेताहरूसँग पनि भेटघाट भई नै रहेको छ । शेरबहादुरजी भन्नुहुन्छ कि कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, न त सरकार बनाउँछ । एक जना नेता भन्नुहुन्छ कि म अविश्वासको प्रस्ताव पेस गर्छु, आउनुस् सबै मिलेर जाऔं । ठूला दलहरू नै आपसमा मिल्न सकेका छैनन् । त्यो हाम्रो विग्रह होइन् । हाम्रो कसैसँग दुश्मनी छैन ।
वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दुहरुका महत्वपूर्ण चाँड पर्वहरु मध्ये होली एक महत्वपूर्ण पर्व हो। खासगरी नेपाल र भारतमा बिशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ। होली बसन्तको चाँड , रंङ्खहरुको पर्व , प्रेमको उत्सव आदि नामले परिचित रहेको छ ।
मिथिलाको माध्यमिकी परिक्रमा को नामले चिनिने मिथिला परिक्रमा सम्भवत विश्वमा सबै भन्दा लामो समय सम्म चल्ने धार्मिक यात्रा मध्येको एक धार्मिक यात्रा रहेको छ । मिथिलाको राजधानी एंम धार्मिक र सांस्कृतकि भूमी लगायत विभिन्न नामले समेत परिचित रहेको ७२ कुण्ड र ५२ कुट्टीको शहर जनकपुरधामको वरिपरी पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ । यो यात्रा नेपाल र भारत को संयूक्त यात्रा रहेको छ।
केपी ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेका हुन् । एउटा यिनीहरु संविधान बनाउने बेलामा प्रतिगमन गरे । जनताप्रति कांग्रेस, कम्युनिष्ट सबै मिलेर गरेका हुन् । सबैका लागि संविधान बनाइदिएन । आन्दोलनका एजेन्डाअनुसार संविधान बनाइदिएन । यतिबेला पनि प्रतिमन गरियो । त्यो प्रतिगमनले पनि नपुगेर यो देशको प्रधानमन्त्री भनाउँदा केपी ओलीले फेरि प्रतिगमन गरिहाले ।
मधेश समृद्ध होस् भनेर करिब दुई दशक राजनीतिमा सक्रिय थिएँ । म आफ्नो डा.सीके राउतको स्वतन्त्र मधेश गठबन्धनमा लाग्नु पूर्व पनि अन्य राजनीतिक दलमा सक्रिय थिएँ । मधेशमा जब फोरम, तमलोपा लगायतका राजनीतिक दलहरु उदाए उनीहरुले पनि मधेशलाई समृद्ध बनाउने लगायतका नाराहरु नै दिएका थिए ।
संघीयतासहितको राज्य व्यवस्थालाई औपचारिकता दिलाउने श्रेय मधेशलाई जान्छ । दोश्रो जनआन्दोलन पछि माओवादी समेतको संसद र सरकार गठन भएपछि पुनः प्रतिगमनको दिशामा अग्रसर हुन बाटो खुलाउने क्रममा ल्याइएको अन्तरिम संविधानसँंग असन्तुष्ट परिवर्तनकारी पक्षधरहरूको नेतृत्वमा भएको मधेश आन्दोलनलाई निस्तेज पार्न नेपाली सेना र माओवादी जनसेनाको संयुक्त परिचालन गर्न तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको कुरा धेरै पुरानो होइन ।