खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यक्ता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात, आदिका अतिरिक्त रोग नियन्त्रणका उपायको बारेमा पनि ध्यान पु¥याउनु नितान्त जरूरी छ । मुलुकमा धानबाली क्षेत्रफल र उत्पादनको हिसाबले प्रमुख खाद्यान्न बाली हो । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु¥याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ ।
अहिले नीति तथा कार्यक्रम र तिनका लागि छुट्याइएको बजेटका आधारमा प्रदेश बजेटमा केही सकारात्मक र केही नकारात्मक प्रयास सुरू गरिएको छ भन्न सकिन्छ । प्रदेश सरकारले आर्थिक समृद्धि र विकासलाई नै मूल लक्ष्य लिएर कृषि, पर्यटन, उद्योग, व्यापार, पूर्वाधार निर्माण, सामाजिक कुरीति उन्मूलनलगायतलाई प्राथमिकतामा राखेका छन् । कृषिको आधुनिकीकरण, पर्यटकीय पूर्वाधार विकास, सडक सञ्जाल निर्माणमा प्रदेश सरकारको ध्यान गएको देखिन्छ ।
नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था अहिले छ । तर केही महिनादेखि नेपाल सरकार चीनसँगको सम्बन्धमा पूर्ण निष्क्रिय देखिन्छ । नेपाल सरकारका गतिविधिले चीनसँगको सम्बन्ध भारतसँगको सम्बन्धभन्दा पछिल्लो स्तरको सम्बन्ध हो भन्ने मनोविज्ञान प्रदर्शन गरिरहेका छन् । नेपाल र चीनका सीमा क्षेत्रहरूमा विदेशी घुसपैठका सम्भावना बढेका छन् । तिब्बती भाषामा स्वतन्त्र तिब्बतका नारा अंकित खादाहरू बजारमा बेचबिखन भइरहेका छन् तर सरकार त्यसप्रति ध्यान दिइरहेको छैन ।
मधेशमा आगलागी, बाढी, पहिरो र खडेरी पर्दा राज्यले त्यसको उचित व्यवस्थापन गरेको पाइँदैन । यस्ता प्राकृतिक प्रकोपहरूलाई नियन्त्रण त गर्न सकिदैँन तर, त्यसबाट कमसे कम क्षति हुने उपायहरू अवश्य अपनाउन सकिन्छ । राज्यको तर्फबाट त्यस्ता प्राकृतिक प्रकोपहरूबाट जोगाउन वा सचेत गराउन सचेतना कार्यक्रम ल्याउनु पर्छ । तर, राज्यले मत र करका लागि मात्र मधेशलाई प्रयोग गर्नु अब अनुचित हुनेछ ।
संविधान संशोधनको एक सूत्रीय विषयमा फोरम राजपाबीच समान धारणा छैन भने त्यसका लागि कार्यगत एकता पनि छैन । दुबै दल अलग अलग प्रकारले संशोधनको कुरा उठाइरहेका छन् । यहि संशोधनको नाममा पनि राजपा सरकारमा प्रवेशको बाटो खोज्दै छ । मधेशको मुद्दामा विगतमा सँगै लडेका यी दुई दल आखिर निर्वाचन पछिको ताजा जनादेश र राजनीतिक अवस्थामा किन समान रूपमा सँगै जान नसेकका हुन् ? यो गम्भीर प्रश्नको जबाब खोज्ने बेला आएको छ ।
नेपालको कूल ग्राहस्थ उत्पादनको लगभग एक तिहाइमा कृषिको योगदान छ । तर, अर्बौं रूपैयाँको फलफूल, माछा–मासुलगायत खाद्यवस्तु विदेशबाट आयात भइरहेको छ । कृषिको विकास गर्ने हो भने मधेशमा कृषिको विकास नगरी हुँदैन । त्यस कारण कृषिमा जति बजेट विनियोजन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येक वर्ष श्रमबजारमा आउने जनशक्तिले विदेशको बाटो समाउनुपर्ने बाध्यता छ । बर्सेनि श्रमबजारमा प्रवेश गर्ने करिब ५ लाख जनशक्तिमध्ये मुस्किलले
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रभावकारी बनाउने कोसिसका साथ नीतिगत निर्णय गरिरहेको महसुस हुन्छ। उनी प्रधानमन्त्री भएयता गरिएका निर्णयले केही क्षेत्रमा आशाको सञ्चार पनि गराइरहेको छ।
चर्चित कवि भूपी शेरचनको ‘नयाँ वर्ष’ कविताको सम्झना भएको छ– वर्ष २०७५ को पूर्वसन्ध्यामा। बितेको एक वर्ष हाम्रो मुलुकका निम्ति घटनाप्रधान रह्यो।