नेपाल र भारतबीचको परस्परको अन्योन्याश्रित सम्बन्धको गरिमा बढाउने गरी योगीलाई जन्तीसहित पठाउने निर्णय भारत सरकारले गर्नु भनेको उसले जनकपुरलाई उच्च महत्व दिएको प्रतीत हुन्छ ।
धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरधाममा यसको प्रशस्त सम्भावना छ । विवाहपञ्चमी जस्ता पर्वले जनकपुरको पर्यटन क्षेत्रसँगै आर्थिक कारोबार फस्टाउन सक्छ ।
प्रदेश २ लाई अवसरको रूपमा प्रयोग गर्न सकेमा प्रशस्त सम्भावना छ भने राजनीतिक नेतृत्वले सही नीति ल्याउन नसकेमा अहिलेभन्दा कमजोर अवस्थामा पुग्न सक्छ ।
देशमा चरम गरिबी, बेरोजगारी, खाद्य संकट, उत्पादनशील युवाहरू विदेश पलायन, शहरमूखी बसाईसराइ, स्थानीय द्वन्द्वका साथै सामाजिक सद्भाव पनि खल्बलिएको छ ।
राजपाले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न र मधेशी जनताको मन जित्न सक्ने परिपक्क निर्णय गर्नु आवश्यक छ । चर्को भाषण गरेर आन्दोलन हुने अब सम्भव छैन ।
मधेशको विकास र समृद्धिको बाटोमा डो¥याउनेतर्फ उद्यत रहनु पर्दछ । विकास र समृद्धिको नारा दिएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सक्नु पर्दछ । त्यो नै आजको आवश्यक्ता हो ।
मधेशलाई आन्दोलनको मैदान मात्र बनाउनु हुँदैन । अब आन्दोलन होइन, विकासको यात्रामा बै सहभागी हुनुपर्छ । मधेशलाई झिलिमिली बनाएर विकासको रथलाई अगाडि बढाउने समय आएको छ ।
फोरमबाट मन्त्री बनेका अध्यक्ष उपेन्द्र यादव संविधान संशोधनभन्दा पनि विदेश भ्रमणलाई बढी प्राथमिकता दिएका छन् । उनी किन सरकारमा गए भन्ने कुरा विस्तारै खुल्दैछ ।
वन विनाश र वातावरणीय असरको रडाको मचाएर निजगढ विमानस्थलको विकल्प खोज्ने होइन कमभन्दा कम वातावरणीय क्षतिमा यसको निर्माण समयमै सम्पन्न गर्नु आम नगारिकको हितमा हुनेछ ।
प्रदेश २ स्रोत र साधनका दृष्टिकोणले प्रचुर सम्भावना भएको प्रदेश हो । २१औं शताब्दीको विकासको मुख्य आधार जनशक्ति हो । यदि यस प्रदेशमा भएका जनताको सीप र क्षमता अभिवृद्धि गरी दक्ष बनाउने हो भने आगामी केही वर्षभित्र यो प्रदेश दुनियाँको उत्कृष्ट मानव बस्तीमा रूपान्तरण हुन सक्छ ।
आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्ने भनेर प्रधानमन्त्री ओलीले बारम्बार संसदमा प्रतिबद्धता जनाए पनि संशोधन प्रस्ताव नआउनुबाट मधेशमा असन्तुष्टीको ज्वार अझै रहेको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं संघीय समाजवादी फोरमका अभ्यक्ष उपेन्द्र यादवको कार्यक्रममा सहभागिता जनाउनु नै यादवको भूल थियो । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता रहेका उनले कार्यक्रममा सहभागी हुँदैमा आफ्ना केही साथीहरू सहित प्रक्राउ परेका थिए । प्रहरी हिरासतमै उनको मृत्यु भयो भने अन्य साथीहरू साधारण तारेखमा रिहा भएका छन् ।मन्त्रीलाई कालो झण्डा देखाउने आशंकामा यादव मारिनु र शव परीक्षण समेत नगरिनु आफैमा आपत्तिजनक छ ।
प्रदेश सरकारले सामना गरेका समस्या समाधानमा प्रदेश सरकारकै नेतृत्वदायी भूमिका हुन्छ । किनभने, संविधानको अनुसूची–६ मा प्रदेश सरकारलाई दिइएका २१ वटा एकल अधिकार यस्ता छन्, जसले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई समस्याको सूची बोकेर काठमाडौँ धाउने छुट दिँदैनन्, बरू प्रदेशको राजधानीमै बसेर घोत्लिन प्रेरित गर्छन् ।
नेपाल सदस्य बन्नुभन्दा अघि र पछि गरी बगंलादेश, भारत र म्यानमारले दुई–दुईपटक, थाइल्यान्डले एकपटक अध्यक्षता गरिसकेका छन् भने श्रीलंकाले एकपटक र भुटानले अहिलेसम्म अध्यक्षता गरेको छैन । थाइल्यान्ड अध्यक्ष रहेको बेलामा नेपाल यो संगठनको सदस्य बनेको हो । हालसम्म शिखर सम्मेलन ४ पटक बसेको छ भने त्यसमा सन् २००४ मा थाइल्यान्ड, सन् २००८ मा भारत, सन् २०१४ मा म्यानमार र सन् २०१६ मा भारतले आयोजना गरी सफल पारेका छन् ।
वस्तुतः मधेशी जनताले जे चाहेका थिए त्यो कुराको सम्बोधन प्रधानमन्त्रीले गर्न सकेनन् । संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले कुनै मूर्त जवाफ दिएन । यस्तै पक्राउ परेका मधेशी आन्दोलकारीहरूका विषयमा पनि प्रधानमन्त्री मौन रहे ।
राजनीतिक स्वार्थका कारण नेपालका केही राष्ट्रवादी भनाउँदा नेताहरूले भारत विरूद्ध विभिन्न खालका भ्रम फैलाउन प्रयास गर्छन् तर सम्बन्धमा कुनै किसिमको असर पर्दैन । तर, भारतले मधेशमा बसोबास गर्ने जनताप्रति जुन किसिमको व्यवहार गर्नुपर्ने हो त्यसमा कमी महसुस गरिँदै आएको छ ।
मधेशको राजनीतिमा महिलाको योगदान कम छैन । मधेश आन्दोलनमा पनि थुप्रै महिलाहरू सशादत प्राप्त गरेका छन् भने आफ्ना पति, पिता र छोरा गुमाएको पीडा बोकेका छन् । मधेश आन्दोलनमा घरबाट कुचो, थाल र नाङ्लो ठटाउँदै सडकमा निस्केका ती महिलाहरू सबै आफू पदमा पुग्नका लागि निस्केका थिएनन् । आन्दोलनमा शहीद भएका महिलाले केही महिलालाई शक्तिमा पु¥याएर यस्तो रवाफ देखाउ भनेर ज्यानको बाजी लगाएका थिएनन् ।
सरकारको नेतृत्व गरिरहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरूले मधेश प्रदेश भनेर नामाकरण गर्ने पक्षमा छन् । मधेश आन्दोलनबाट संघीयता प्राप्त भएकोले प्रदेशको नाम मधेश प्रदेश राख्नु पर्ने फोरम र राजपाका नेताहरूको तर्क छ । तर, विपक्षी दल एमाले, कांग्रेस, माओवादीलगायत मधेश प्रदेश स्वीकार गर्ने अवस्थामा छैनन् ।
वस्तुतः मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले बनाएको रिपोर्ट एकपक्षीय र सरकारलाई पक्षपोषण गरेको जस्तो छ । यसले मधेशी जनताको मानमर्दन मात्र गरेको छैन आयोगको विश्वसनीयतामा पनि प्रश्न उठाएको छ । आयोगले निष्पक्ष रूपमा काम गर्नुको सट्टा एउटा पक्षको विषयमा मात्र बोल्नु मानवअधिकारकै उल्लंघन हो ।
राजनीति, भूगोल, नातागोता, जातभात, वर्ग र साम्प्रदायिकताको आधारमा आफ्नो र पराइ मान्छे छुट्याउने प्रचलन कायम छ । राम्रालाई भन्दा हाम्रालाई अवसर दिने र लिने संस्कार समाजमा दिनप्रतिदिन मौलाउँदै गइरहेको छ । जुन सुशासनका लागि ठूलो चुनौती नै हो । यस किसिमको आफ्नो र पराया मान्छे अनुसार सेवा सुविधा प्रदान गर्ने व्यवहारको राज्य संचालन शैलीले वास्तविक प्राथमिकतामा परेका वा हुनुपर्ने वर्ग र समुदायमा राज्यका अधिकांश सेवा र सुविधाहरू पुग्न मुस्किल हुनेछ ।
आन्दोलनको केन्द्रविन्दु प्रदेश २ नै हो । संविधान संशोधनको कुरा सबभन्दा बढी त्यहीँबाट उठेको छ । आन्दोलन गर्ने दुवै शक्ति नै त्यहाँ सरकारमा छ भने त्यस मध्येको अर्को शक्ति केन्द्रमा संशोधनका लागि भन्दै सरकारमा सहभागी भएको छ । अब उसले सरकारमै बसेर संशोधनका लागि कति र कसरी दबाब दिन सक्छ हेर्न बाँकी छ ।
खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यक्ता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात, आदिका अतिरिक्त रोग नियन्त्रणका उपायको बारेमा पनि ध्यान पु¥याउनु नितान्त जरूरी छ । मुलुकमा धानबाली क्षेत्रफल र उत्पादनको हिसाबले प्रमुख खाद्यान्न बाली हो । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु¥याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ ।
अहिले नीति तथा कार्यक्रम र तिनका लागि छुट्याइएको बजेटका आधारमा प्रदेश बजेटमा केही सकारात्मक र केही नकारात्मक प्रयास सुरू गरिएको छ भन्न सकिन्छ । प्रदेश सरकारले आर्थिक समृद्धि र विकासलाई नै मूल लक्ष्य लिएर कृषि, पर्यटन, उद्योग, व्यापार, पूर्वाधार निर्माण, सामाजिक कुरीति उन्मूलनलगायतलाई प्राथमिकतामा राखेका छन् । कृषिको आधुनिकीकरण, पर्यटकीय पूर्वाधार विकास, सडक सञ्जाल निर्माणमा प्रदेश सरकारको ध्यान गएको देखिन्छ ।
नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था अहिले छ । तर केही महिनादेखि नेपाल सरकार चीनसँगको सम्बन्धमा पूर्ण निष्क्रिय देखिन्छ । नेपाल सरकारका गतिविधिले चीनसँगको सम्बन्ध भारतसँगको सम्बन्धभन्दा पछिल्लो स्तरको सम्बन्ध हो भन्ने मनोविज्ञान प्रदर्शन गरिरहेका छन् । नेपाल र चीनका सीमा क्षेत्रहरूमा विदेशी घुसपैठका सम्भावना बढेका छन् । तिब्बती भाषामा स्वतन्त्र तिब्बतका नारा अंकित खादाहरू बजारमा बेचबिखन भइरहेका छन् तर सरकार त्यसप्रति ध्यान दिइरहेको छैन ।