नयाँदिल्ली, २९ पुस । इरानका विदेश मन्त्री मोहम्मद जावद जरिफ तीन दिने भ्रमणका लागि भारत आएका भएका छन् ।
पाकिस्तानले आफूलाई ‘इस्लामको रक्षक’ भने पनि खुदै चीनमा रहेका मुसलमानहरूमाथि खुल्लेआम भै रहेको सांघातिक दबाबलाई समर्थन गर्दै आएको छ । यहाँसम्म कि धार्मिक दलहरू लगायतका संगठनहरूले नक्कली धर्मनिन्दाको आरोपमा अहमदी, शिया, ईसाई र हिन्दुहरूलाई छिट्टै मार्ने गरेपनि राज्यले कमजोर इस्लामका अनुयायीहरूमाथि गर्दै आएका ज्यादतीहरूमाथि आँखा चिम्लिने गरेको छ ।
विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच भएको ‘चिकेन वार’को नयाँ संस्करणको समेत संज्ञा दिइएको छ ।
इराकमा गत हप्ता मारिएका कसिम सोलिमानी मारिएको राति नै अमेरिकाले अर्का इरानी सैन्य कमाण्डको हत्या प्रयास गरेको खुलेको छ । तर, अमेरिकी योजना विफल भएको थियो ।
काठमाडौं, २६ पुस । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आणविक हतियार नहुने जिकिर गरेका छन् ।
एजेन्सी । इरानले बुधबार गरेको मिसाइल आक्रमणमा ८० अमेरिकी सेना मारिएको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले जनाएअनुसार इरानी अधिकारीहरुले १५ मिसाइल प्रहार गर्दा १५ अमेरिकी आतंकवादी मारिएको भन्ने अभिव्यक्ति दिएका छन् ।
एजेन्सी । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।
एजेन्सी । आफ्नो विवाहका लागि मलेसियाबाट पाकिस्तान फर्केका एक सिख युवकको पाकिस्तानको पेशावरमा अज्ञात आक्रमणकारीहरुले हत्या गरेका छन् ।
अमेरिकाले विश्वमै विनाशकारी युद्ध निम्त्याएको चर्चा हुन थालेको छ । खासगरी अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एकजना वरिष्ठ कमाण्डर मारिएपछि उक्त चर्चा शुरुभएको हो ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको बताएका छन् ।
मुम्बईमाथि सन् २००८ मा आतंकी आक्रमणको योजनाकार तथा संचालक एवं लश्कर–ए–तैयबा आतंकवादी संगठनका संस्थापक हफिज सईदको प्रशंसा, पाकिस्तानका एक पूर्व राष्ट्रपति तथा सेना प्रमुखले खुलेआम रूपमा गरेबाट पाकिस्तानले निजलाई स्वतन्त्र रूपमा राख्दै आउन नियोजित रहेको कुरा खुल्न आएको छ ।
एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् । नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् ।
नयाँ दिल्ली, १६ पुस । चन्द्रयान २ असफल भएपछि भारत चन्द्रयान ३ अभियानमा जुटेको छ । अन्तरिक्ष विभागका राज्यमन्त्री जितेन्द्र सिंहले भारतले चन्द्रयान ३ सन् २०२० भित्र प्रक्षेपण गरिसक्ने बताएका छन् ।
बेइजिङ, ११ पुस । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको समाचार एजेन्सीहरुले बताएका छन् ।
भारतको विदेश सचिवमा वरिष्ठ कूटनीतिज्ञ हर्षवर्धन शृङ्गला नियुक्त हुने भएका छन् । हाल अमेरिकाका लागि भारतीय राजदूत रहेका शृङ्गलालाई विदेश सचिव बनाउने निर्णय भारत सरकारले गरेको हो ।
काठमाडौं, ८ पुस । पाकिस्तान ऊर्जा संकटको संकेत देखिएको छ । पाकिस्तानमा सबैभन्दा बढी उर्जा उत्पादन र खपतमा सहयोग गर्दै आएको कराँची पोर्ट (बन्दगाह) ट्रस्टको टर्मिनलले काम गर्न छाडेपछि त्यस्तो संकेत देखिएको हो ।
पाकिस्तानको पेजबास्थित असुर जिल्लामा केही साता अघि थियो भने अहिले रावलपिण्डीमा केटाकेटीसाथ दुव्यर्वहार बढ्दै गएको छ । पितृसत्तात्मक समाजमा बालदुव्यर्वहार समग्रमा स्वाभाविक छ भने विगतमा गुप्तरूपमा थुप्रै मानिसले निर्दोष, सीधा–सादा
न्यूयोर्क, ४ पुस । हाउस अफ रेप्रेजेन्टेटिभ्स (तल्लो सदन)बाट महाभियोग लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा अब माथिल्लो सदन सिनेट प्रवेश गर्ने भएको छ ।
इस्लामाबाद, ४ पुस । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डलाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसला भएको बताएका छन् ।
आफ्ना दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको प्रतिक्रिया चीनले दिएको छ ।
एजेन्सी । पाँच महिना अघि भारतको मुम्वईमाथि २००८ मा आतंकी आक्रमण गर्नेका सरगमा प्रो. हकीज सईदलाई पाकिस्तानले थुनामा राख्यो, जो भारतको २६/११ को रूपमा मानिन्छ । त्यसपछि उनी साथ के भयो त्यो त्यसै वेलादेखि रहस्यमय रहेको छ ।
दक्षिण एशियामा पाकिस्तान पछि बगंलादेश चिनीया लगानीको दास्रो ठूलो उपभोगकत्र्ता रहेको छ । ब्रिटिस बैंक अनुसार स्टेण्डर्ड चार्टर्ड र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको बंलादेशमा अमेरीकन डलर ३८ बिलियन जतिको लगानी रहेको छ ।