काठमाडौं । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा आवद्ध भएका देशका सरकार तथा राष्ट्रप्रमुखहरूले चीनले सुरक्षा जोखिम निम्त्याएको ठहर गरेका छन् ।
काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।
काठमाडौं । भारतमा छ महिनामा विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष सेप्टेम्बरको अन्त्यमा ५४४.६९ बिलियन अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिती ३२.२९ बिलियन अमेरिकी डलरले वृद्धि हुँदै ३१ मार्च २०२१ सम्म ५७६.९८ बिलियन अमेरिकी डलर पुगेको छ ।
काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन थप खुकुलो बन्ने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन थप खुकुलो बन्ने घोषणा गरेका हुन् ।
इस्लामावाद । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् ।
काठमाडौं । भारत र थाइल्यान्डले हिन्द महासागरमा तीन दिवसीय समुद्री अभ्यास सुरु गरेका छन् । अभ्यासमा भारत नौसेना जहाज (आईएनएस) सरयू र थाइल्यान्डको एचटीएमएस क्रबी पोत दुवै नौसेनाका विमान जून ९ देखि ११ सम्म अभ्यासमा भाग लिने छन् ।
चेन्नई । भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उनीहरुको कोरोना परीक्षण गरिएको हो ।
काठमाडौं । भारतले नौसेनामा तीन स्वदेश निर्मित एएलएच एमके–३ हेलिकप्टर समावेश गरेको छ । सोमबार विशाखापट्टनम स्थित आइएनएस डेगा नौसेना एयर स्टेसनमा तीन स्वदेश निर्मित बहु–भूमिका उन्नत लाइट हेलिकप्टर (एएलएच) एमके ३ लाई सेनामा समावेश गरेको हो ।
इस्लामाबाद । पाकिस्तानमा प्रेस स्वतन्त्रताको अबस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ ।
काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २२ करोड ४१ लाख ९ हजार ४४८ जनाले खोप लगाएका छन् ।
नयाँदिल्ली । भारतमा लाखौँ डलरको बैङ्क घोटाला गरेर मोस्ट वान्टेड बनेका मेहुल चोकसीलाई भारत सरकारले जसरी पनि फिर्ता ल्याउने बताएको छ । भारतले न्याय सङ्गत सजाय दिन फरार अपराधीलाई जसरी पनि देश फिर्ता ल्याउने प्रस्ट पारेको हो ।
नयाँदिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।
वासिङ्टन डिसी । पाकिस्तानमा धार्मिक स्वतन्त्रताको अवस्था नाजुक बन्दै गएको एक रिपोर्टले जनाएको छ । पाकिस्तानमा सरकारले धार्मिक निन्दा गरेमा कारबाही गर्ने तथा अहमदिया विरुद्धको कानुन लागु गर्दै धार्मिक स्वतन्त्रतामाथि अङ्कुश लगाउँदै आएको छ ।
नयाँदिल्ली । जनसङ्ख्या सम्बन्धी अध्ययन गरिरहेका चिनियाँ विज्ञहरूले संयुक्त राष्ट्रसङ्घले प्रक्षेपण गरे अनुसार सन् २०२७ मा भारतको जनसङ्ख्या चीनको भन्दा बढी हुने बताएका छन् । भारत विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक हुने चिनियाँ जनसाङ्ख्यिक अध्येयताहरूले जनाएका छन् ।
काठमाडौं । भारतमा कोरोना भाइरसबाट अनाथ भएका बालबालिकालाई नरेन्द्र मोदी सरकारले नयाँ योजना ल्याएको छ । पीएम केयर्स फर चिल्ड्रेन योजना अन्तर्गत त्यस्ता बालबालिकालाई सहायता राशि दिइने भएको छ ।
नयाँ दिल्ली । रुसले भारतलाई अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको छ । भारतमा बढ्दो कोभिड १९ को सङ्क्रमणको समयमा रुसले अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको हो ।
नयाँ दिल्ली । इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजीका लागि भारतले नौसैन्य विमान पठाएको छ । इन्डोनेसियाको बेपत्ता पनडुब्बी खोजी गर्न सहयोगका लागि भारतले डीएस्आर्भी नौसैन्य विमान इन्डोनेसिया पठाएको हो ।
नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ ।
वासिंगटन । अमेरिकी जलवायु प्रतिनीधि जोन केरीले जलवायु परिवर्तन र उर्जा उत्पादनबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन् ।
काठमाडौं, १२ जेठ । प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
नयाँदिल्ली । टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ ।
लन्डन । भारत र बेलायतले मानव तस्करीको जालोलाई तोड्नका लागि विशेष पहल गर्ने भएका छन् । बेलायती अधिकारीहरूले भारतीय प्रहरीसँगको सहकार्यमा मानव तस्करहरूको समूहलाई निस्तेज पार्नका लागि विशेष अप्रेसन सञ्चालन गर्ने भएको हो ।
युएई । कोरोना भाइरसको पहिलो लहरलाई सफलतापूर्वक नियन्त्रणमा लिँदै खोप उत्पादन गरेको भारतले विश्वका विभिन्न मुलुकहरूलाई खोप उपलब्ध गराइरहेको छ ।
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस् जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको चमत्कारिक केन्द्रमा बेलायत र भारतबीच सहकार्य भएको बताएका छन् ।