3/29/2021

क्यानडा । चीनले हङकङ, तिब्बत, सिन्जियाङमा दमन गरेको भन्दै भ्यानकुभरमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न सङ्घसंस्था हरूसँग आबद्ध रहेकाहरूले भ्यानकुभर स्थित चिनियाँ वाणिज्य दूतावासबाहिर विरोध प्रदर्शन गरेका हुन् ।

3/25/2021

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले गान्धी शान्ति पुरस्कार घोषणा गरेको छ । सन् २०२० को पुरस्कार बंगलादेशका राष्ट्रपिता बंगबंधु शेख मुजीब उर रहमानलाई दिइने भएको हो ।

3/25/2021

नयाँदिल्ली । भारतले अक्सफोर्ड–एष्ट्राजेनिका कोरोनाभाइरसविरुद्धको खोप निर्यातमा अस्थायी रोक लगाएको छ । बढ्दो संक्रमणका कारण आगामी केही साता भारतमा आन्तरिक खपत बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको हो ।

3/24/2021

काठमाडौँ । बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पोजिटिभ भएसँगै उनी आफ्नै निवासमा क्वारेन्टाइनमा छन् ।

3/24/2021

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री इमरान खानलाई शुभकामना सन्देश पठाएका छन् । पाकिस्तानमा २३ मार्चलाई राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ ।

3/23/2021

काठमाडौं । अमेरिका, बेलायत, क्यानडा तथा युरोपियन युनियनमा आवद्ध देशहरुले युगुर मुस्लिम समुदायमाथि भएको दुव्र्यवहार तथा मानवअधिकार उल्लंघनको विषयलाई लिएर चीनका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

3/23/2021

काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाउने समयान्तर बढाएको छ । यो खोप नेपालमा पनि लगाउने क्रम जारी छ ।

3/23/2021

काठमाडौं । चिनियाँ खोप खरिद गर्न अस्वीकार गरेको ताइवानले अक्सफोर्ड र अस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउने अभियान थालेको छ ।

3/21/2021

नयाँ दिल्ली । इन्टरनेट जायन्ट गुगल इन्कले भारतका १० लाख ग्रामीण महिलालाई उद्यमी बनाउन सहयोग गर्ने जनाएको छ ।

3/21/2021

जम्मू–काश्मीर । विज्ञान र प्रविधि क्षेत्र उन्नतिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्रान्तिकारी निर्णय लिन सक्ने क्षमता भएको भारतको उत्तर पूर्वी क्षेत्र विकासका लागि सङ्घीय मन्त्री जितेन्द्र सिंहले बताएका छन् ।

3/19/2021

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको एक वर्ष पूरा भइसकेको अवस्थामा चीनमा युवाहरूलाई रोजगार पाउन सकस भइरहेको छ ।

3/17/2021

प्राग । युरोपेली मुलुक चेक गणतन्त्रमा चीनले आर्थिक नोक्सान पु¥याउन खोजेको राजधानी प्रागका मेयरले आरोप लगाएका छन् ।

3/17/2021

ताइपेइ । चीनले आन्तरिक मामिलामा हस्तक्षेप र दमन गरेको भन्दै ताइवानले आलोचना गरेको छ । चीनको दबाबमा दक्षिण अमेरिकी मुलुक गुयनामा ताइवानको प्रतिनिधि कार्यालय स्थापना गर्ने सहमति गुयनाले खारेज गरेको भन्दै ताइवानले चीनको निन्दा गरेको हो ।

3/16/2021

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।

3/16/2021

ताइपेई । भारतले परम्परागत चिकित्सा क्षेत्रमा सहयोग पु¥याउन शुक्रवार ताइवानको नेशनल रिसर्च इन्स्टिच्युट चिनियाँ मेडिसिन (एनआरआईसीएम) लाई शुक्रवार १.५ मिलियन डलर सहयोग गरेको छ ।

3/15/2021

काठमाडौं । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् ।

3/15/2021

काठमाडौँ । एटलान्टिङ काउन्सिल अमेरिकी थिङ्क ट्याङ्क अर्थात् नीति संस्थानले जनवरी २८ मा नयाँ अमेरिकी चीन रणनीति सार्वजनिक गरेको थियो ।

3/12/2021

काठमाडौं । भारतले कोरोना भाइरसको महामारीको मारमा परेका ६५ देशमा कोरोनाविरुद्धको खोप दिएको छ । भारत धेरै देशमा खोप दिने देश पनि परेको छ ।

3/11/2021

काठमाडौं । भारतले १४ फागुनमा जारी गरेको अन्तरदेशीय विद्युत् आयात–निर्यात कार्यविधिको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ ।

3/10/2021

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको नयाँ मुख्यमन्त्री तीरथसिंह रावत बन्ने भएका छन् । मंगलबार मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएपछि भारतीय जनता पार्टीले तीरथसिंह रावतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

3/10/2021

काठमाडौं । भारतले पाकिस्तानलाई एक करोड छ लाख कोरोना भाइरस विरुद्धको खोप निःशुल्क दिने भएको छ । पाकिस्तानलाई ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेशन (गाभी) सम्झौतामार्फत भ्याक्सिन दिन थालेको हो ।

3/9/2021

काठमाडौं । यूरोपेली मुलुक चेक गणतन्त्रमा चीनले आर्थिक नोक्सान पु¥याउन खोजेको राजधानी प्रागका मेयरले आरोप लगाएका छन् ।

3/9/2021

इस्लामवाद । पाकिस्तान सरकारको नेतृत्व गरिरहेका इमरान खानको राजीनामा माग गर्दै देशभर विरोध प्रदर्शनहरू भइरहेका छन् । यही अवस्थामा पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठबन्धनले मार्च २६ मा बृहत् आन्दोलन गर्ने घोषणा गरेको छ ।

3/8/2021

काठमाडौं । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।

3/7/2021

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।



ट्रेन्डिङ