9/18/2018

आन्दोलनकारीहरू जो राजबन्दी छन् उहाँहरूको रिहाईका लागि हाम्रो पार्टीले पहल गरिरहेको छ । हामीले पत्रकार सम्मेलन नै गरेर खासगरी रेशमलाल चौधरी लगायतका आन्दोलनकारीहरू रिहा हुनुपर्छ भनेर भनिसकेका छौं । अहिले पनि फोरमले सरकारमा रहेर रिहाई तथा मुद्दा फिर्ताका लागि गृहकार्यमा लागेको छ ।

9/18/2018

थारू समुदायका सबैले संविधानलाई अस्वीकार गरेको अवस्था छैन । अधिकांश थारू समुदायले यो संविधानलाई स्वीकार गरेका छन् । केही थारूको नाममा राजनीति गर्ने दलहरूले संविधानलाई मन नपाराएका हुन् तर समग्र थारूले संविधानलाई अस्वीकार गरेका छन् भन्न मिल्दैन । थारू, मधेशी लगायत अन्य केही समुदायले चाहे अनुसारको अधिकार संविधानमा सुनिश्चित भएन भन्ने छुट्टै पाटो हो तर यो संविधानलाई स्वीकार गर्नुको विकल्प अब छैन ।

9/18/2018

कतिपय कुराहरू संयोग मात्र हुन जान्छ । कांग्रेस र नेकपाले समर्थन फिर्ता लियो भन्दैमा दुई नम्बर प्रदेशमा राजपा र फोरमको गठबन्धनमा निर्माण भएको सरकार ढल्दैन । प्रदेशको हाम्रो रणनीति अलग छ । त्यहाँ अहिले पनि राजपासँग हाम्रो सहमति छँदैछ र कुनै विमति छैन । अहिले प्रदेश २ को सरकार परिवर्तन हुने कुनै सम्भावना छैन ।

4/9/2018

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ५६ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । यी संस्थाले २५ लाख ७७ हजार सर्वसाधारणलाई सदस्य बनाई सेवा पुराएको देखिन्छ ।

12/26/2017

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई छ हजार आठ सय ७४ मतान्तरले प्रतिस्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै गोरखा २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

12/26/2017

पूर्व गृहमन्त्री समेत रहेका निधिलाई निधिकै गृहजिल्लामा पराजित गरेका निधि विजय अभियान सकेर काठमाडौं फर्केका छन्। तिनै महतोसँग निर्वाचन परिणाम र मधेशकेन्द्रित दलहरुको आगामी योजनाबारे नेपालखबरका लागि आकाश क्षेत्रीले गरेको कुराकानीः

12/26/2017

प्रतिनिधिसभा निर्वाचन–२०७४ को परिणामको पूर्वदेखि पश्चिमसम्मको नक्सा हेर्‍यौं भने, एउटा विचित्रको तस्वीर सामुन्ने आउँछ। काठमाडौं उपत्यकालाई अलग गरेर हेर्दा पूर्वी पहाडपछि एकैचोटि मध्य पहाडको रसुवामा फेला पर्ने कांग्रेसको चुनाव चिन्ह ‘रुख’ त्यसपछि एकैचोटि सुदुरपश्चिमको डडेलधुरामा देखापर्छ। बाँकी जताततै कि सूर्य देखिन्छ, कि गोलाकारभित्रको हँसिया–हथौडा भेटिन्छ।

12/26/2017

जाडो सुरु भइसकेपनि एमाले अध्यक्ष केपी शर्मा ओली ४ पुषमा हिमाली जिल्ला रसुवा पुगे, केही एमाले नेताहरुका साथमा। तिनमा एक थिए, स्थायी समिति सदस्य शंकर पोखरेल। यसैले देखाउँछ कि, पोखरेल ‘हुनेवाला’ प्रधानमन्त्री ओलीका कति निकट छन्!

ट्रेन्डिङ