9 months ago

सुनसरी, १२ असोज । बर्जु गाउँपालिका–३ अमडुवाबाट हातहतियार र लागूऔषधसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

9 months ago

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंक र भारतीय दूतावासको संयुक्त आयोजनामा भएको औपचारिक समारोहमा गुरु नानक देवजीको ५५०औं जयन्ती मनाइएको छ ।

9 months ago

काठमाडौं, १२ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

9 months ago

कपिलवस्तु, १२ असोज । आजबाट बडा दशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।

9 months ago

जनकपुरधाम, १२ असोज । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका संयोजक राजीव झाले खुल्ला सीमाका कारण सुरक्षा चुनौती नरहेको दाबी गरेका छन् ।

9 months ago

रौतहट, १२ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश मातहतका कृषि निर्देशनालय र पशु निर्देशनालयको कारण प्रदेश सरकार लज्जास्पद अवस्थाबाट गुज्रिनु परेको बताएका छन् ।

9 months ago

सुनसरी, ११ असोज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्वेदिक औषधी बरामद गरेको छ ।

9 months ago

पर्सा, ११ असोज । पर्सागढी नगरपालिका–४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

9 months ago

मोरङ, ११ असोज । उर्लावारी नगरपालिका–७ स्थित सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

9 months ago

जनकपुरधाम, ११ असोज । मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्तको लागि समाजको सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन् ।

9 months ago

वीरगन्ज, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले राष्ट्रव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

9 months ago

नेपालगन्ज, ११ असोज । जनमत पार्टी बाँकेले दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

9 months ago

जनकपुरधाम, ११ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको शान्ति सुरक्षाको सवालमा कुनै प्रकारको इन्तु कितु स्वीकार्य नरहेको बताएका छन् ।

9 months ago

काठमाडौं, ११ असोज । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजयकुमारले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

9 months ago

वीरगंज, १० असोज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ ।

9 months ago

रौतहट, १० असोज । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको कार्यालयमा शुक्रबार बिद्यार्थीहरुको समूहले तोडफोड गरेको छ ।

9 months ago

मोरङ, १० असोज । मोरङमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

9 months ago

नवलपरासी पश्चिम, १० असोज । व्यापारीसँग सात हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प सेमरी नवलपरासी पश्चिममा कार्यरत सहायक हवल्दार ज्ञानेन्द्र मौर्या पक्राउ परेका छन् ।

9 months ago

काठमाडौं, १० असोज । सामाजिक परिचालिकाहरुको सेवा निरन्तरता तथा नीतिगत दीगो व्यवस्थापनका लागि सरकारसँग माग गरेका छन् ।

9 months ago

सर्लाही, १० असोज । नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेका छन् ।

9 months ago

काठमाडौं, १० असोज । समस्त नेपाली तथा हिन्दू धर्मावलम्बीहरुको माहन चाड बडा दशैंको शुभ अवसरमा कलशयात्रा सुरु हुने भएको छ ।

9 months ago

काठमाडौं, १० असोज । छिमेकी मित्रराष्ट्र भारतको संसदले संविधानको धारा ३७० को खारेजीसम्बन्धी गरेको निर्णय बारे काठमाडौंमा बृहत्रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

9 months ago

काठमाडौं, ९ असोज । अखिल भारत प्रचार मञ्चका प्रमुख एवं भारतीय राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) का प्रवक्ता अरुण कुमाल नेपाल आएका छन् ।

9 months ago

काठमाडौं, ९ असोज । नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आजदेखि सुरु हुँदैछ । दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् ।

9 months ago

बुटवल, ९ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन सुरु गरेको छ । लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुको उपस्थिती रहेको छ ।