30 minutes ago

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले उडान गर्दा बीचको सिट खाली राख्न आदेश दिएको छ । अदालतले उडान गरिरहेका जहाजले सामाजिक दूरी कायम गर्नु अनिवार्य शर्त रहेको बताएको छ ।

2 days ago

नयाँ दिल्ली । भारतको सन् २०२० को अन्तिम चौमासिकमा देशव्यापी लकडाउन हटाइए कूल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । लकडाउनका कारण दोस्रो चौमासिकमा समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा गोल्डम्यान स्याक्सले नयाँ पूर्वानुमान सार्वजनिक गरेको हो ।

2 days ago

अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको हो ।

2 days ago

ताइवान । चीनले आफ्नो क्षेत्र मान्दै आएको ताइवानले क्षेप्यास्त्र कार्यक्रमहरु अगाडि बढाउने भएको छ । ताइवानकी राष्ट्रपति साइ इंग–वेनले आफ्नो चारवर्षको नयाँ कार्यकालमा क्षेप्यास्त्र कार्यक्रम अगाडि बढाउने र प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउने बताएकी थिइन् ।

2 days ago

नयाँदिल्ली । भारतमा ऋणको किस्ता र ब्याज बुझाउन थप तीन महिनाको अवधि छुट भएको छ । अब अगष्टसम्मका लागि किस्ता र ब्याज बुझाउन सकिने गरी अवधि लम्ब्याइएको छ । समय तन्काएपछि उक्त अवधिको किस्ता र ब्याज नर्तिदा जरिवाना लाग्नेछैन ।

2 days ago

नयाँ दिल्ली । भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

4 days ago

नयाँदिल्ली । कोरोना भाइरस फैलिनबाट रोक्न लागू गरेको लकडाउनबीच भारतले आन्तरिक हवाई उडान र २०० वटा रेल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोनाका कारण ठूलो क्षति ब्यहोरिरहेको भारतले सुरक्षा विधि अपनाउँदै यात्रु सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

4 days ago

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् । राजिव गान्धीको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलेले गान्धीलाई आफ्नो ट्वीटर अकाउन्टमा श्रद्धाञ्जलि अर्पण गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

4 days ago

कलकोता । भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँ उच्च सतर्कता अपनाइएको छ । विशेषगरी यहाँको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ ।

1 week ago

नयाँदिल्ली । भारत सरकारले ग्रामीण क्षेत्रमा रोजगारीको योजना ‘मनरेगा’ को बजेटमा उत्कृष्ट वृद्धि गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले मनरेगाको बजेट ४ खर्ब बजेट बढाएको घोषणा गरेकी छन् ।

1 week ago

नयाँदिल्ली । भारतले कोरोना संक्रमण रोकथामका लागि लागु गरेको लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ ।

1 week ago

भारतको मध्य प्रदेश सरकारले नौ जिल्लालाई कोरोना भाइरसबाट मुक्त भएको घोषणा गरेको छ । यी नौ जिल्लामा पहिला कोरोना सङ्क्रमण पाइएको थियो ।

1 week ago

नयाँदिल्ली । नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन् । अन्तर्राष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ । भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो ।

1 week ago

लखनउ । उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार भएको दुर्घटनामा २४ मजदुरको मृत्यु भएको छ । घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किन पुगेको थियो ।

1 week ago

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता भएको छ । उनीहरूबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

1 week ago

नयाँदिल्ली । कोरोना भाइरसको महामारी बढेपछि भारतले भेन्टिलेटर खरिद र कोरोनाविरुद्धको खोपका लागि २१ अर्ब भारतीय रुपैयाँ बिनियोजन गरेको छ ।

1 week ago

नयाँ दिल्ली । कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ ।

1 week ago

दुबई । कोरोना भाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरुको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरुलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको समन्वयमा युएई आइपुगेका हुन् ।

1 week ago

लखनउ । भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् । देशका विभिन्न ठाउँबाट २६८ ओटा विषेश रेल सेवामार्फत् उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले जानकारी दिएका छन् ।

1 week ago

नयाँदिल्ली । भारतले पहिलो पटक स्वदेशी कोरोना भाइरस एन्टीबोडी टेष्टिङ किट तयार गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धनले पूणेको नेशनल इस्टिच्यूट अफ भायरोलोजीले पहिलो स्वदेशी कोरोना एन्टीबोडी टेस्टिङ किट तयार गर्न सफल भएको बताएका हुन् ।

1 week ago

पाकिस्तानमा फेरि हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको छ । पाकिस्तानको पञ्जाबस्थित रहिमयार खान चोक नम्बर १२१ मा एक हिन्दु परिवारलाई मुस्लिम अतिवादी छिमेकीले आक्रमण गर्नुका साथै यौन हमला गरेका हुन् ।

1 week ago

नयाँदिल्ली । भारतले कोरोना महामारीको असर कम गर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

1 week ago

नयाँ दिल्ली । भारतमा ५० दिनपछि मंगलबारदेखि रेल सेवा सुरू भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँदिल्ली रेल्वेस्टेशनबाट मंगलबार ८ वटा रेल छुट्ने छन् ।

1 week ago

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाइरसको कारण विश्वभर लडकाउनमा फसेका आफ्ना नागरिकको उद्बार गर्न थालेको छ । ‘बन्दे भारत मिसन’ र ‘मिसन समुद्र सेतुको’ दुईवटा मिसनबाट विदेशमा रहेका आफ्ना नागरिकको उद्धार गर्न थालिएको हो ।

2 weeks ago

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।