5 days ago

मेयरले आफ्ना नातागोता, ठेकेदार, धनीहरूसँग कर लिनुहुन्न । तर, गरीब जनतासँग मात्र किन कर लिने ? बरू राजदेवी नगरपालिकालाई करमुक्त घोषणा गरौं ।

1 week ago

पहिला भ्रष्टाचार थियो तर अहिले छैन । अस्ति दुई जना भ्रष्टाचारीलाई कारबाही गरेँ । एउटाको जागिर गएको छ, अर्कोलाई राजीनामा लेख भनेको छु । अरू राजीनामा दिने क्रममा छन् । नसुध्रिए जनकारबाही गर्छु र जनताबाट कालोमोसो दल्न लगाउँछु । इटहरी उपमहानगरका जनता सबै मेरो साथमा छन् ।

2 weeks ago

स्थानीय सरकारले पाउनु पर्ने अधिकार कतै न कतैबाट नियममा बाँधिएको छ । शिक्षामा हामीले परिवर्तन गर्नका लागि हामीले कदम चाल्यौं तर संघीय र प्रदेश सरकारले हामीलाई पूर्णतया हामीलाई अधिकार दिएको छैन । त्यसले गर्दा हामीलाई काम गर्न केही न केही अप्ठ्यारो भइरहेको छ । सिंहदरबार गाउँ–गाउँमा अहिलेसम्म पनि नारा जस्तै लाग्छ ।

3 weeks ago

प्रधानमन्त्री, संघ वा प्रदेशले होइन बरू गाउँपालिका र नगरपालिकाले यो विषयलाई थामिराखेको छ । हामीले कुनै ठाउँमा भ्रष्टाचार हुन दिएका छैनौं । अहिलेसम्म कोहीलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छैन ।

1 month ago

प्रदेश सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम यहाँ अहिलेसम्म लागू भएको छैन । प्रदेश सरकारले दाबी गर्छ कि प्रदेश २ को हरेक स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ तर हाम्रो नगरपालिकामा पटक्कै भएको छैन । प्रदेश सरकारको यो दाबी झुटो हो ।

1 month ago

चालू आर्थिक वर्ष २०७५/७६ को लगभग ५० प्रतिशत योजनाहरू सम्पन्न भइसकेको छ । प्रदेशले जुन कार्यविधि बनाएको छ, त्यसको आधारमा ठेक्कापट्टा गर्दा अलिकति ढिलो भएको थियो 

1 month ago

मीले निर्वाचनका बेला पनि यही नारा दिएका थियौं । स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा आउँछ भन्ने प्रतिबद्धता दिएका थियौं । त्योअनुसार नै हामीले जनतालाई चाहिने सेवासुविधाहरू दिइरहेका छौं । सबै वडाहरूबाट जनताको सेवा प्रवाहमा हामी लागेका छौं ।

1 month ago

सेवा प्रवाहका लागि हामीले सबै वार्डहरूलाई परिचालन गरेका छौं । पूर्वाधारको क्षेत्रमा हामीले मुख्य सडकहरूलाई कालोपत्रे गर्ने कार्य सुरू गरेका छौं । विद्यालयका भवनहरू पनि निर्माण भएका छन् । यसवर्ष हामीले सात किलोमिटर सडकलाई पिच गरिसकेका छौं । अझै हामीले १२ किलोमिटर सडक पिच गर्दैछौं ।

2 months ago

लामो समयदेखि जनप्रतिनिधिविहीन भएको अवस्था र अहिले जनप्रतिनिधि आएपछिको अवस्थालाई आकलंन गरेर हेर्दा जनताले नजिकबाट सेवा पाएका छन् । अन्य विभिन्न क्षेत्रमा पनि फरक अनुभूति गरेका छन् ।

2 months ago

हामीले आफ्नो कार्यकालको पाँच वर्षभित्र व्यापक रोजगारको सिर्जना गराउँछौं र नगरपालिकामा बेरोजगारी रहँदैन । हामीले ठूलठूलो कलकारखाना खोल्न त सक्दैनौं तर हामी सीपमूलक तालिम दिन्छौं र कृषिलाई उत्पादनमूलक बनाउँछौं । शासन र सिस्टमलाई अनुशासित बनाई समाजलाई सभ्य बनाउँछौं ।

2 months ago

अहिलेसम्म राहत तथा उद्धारमा सबैको सहयोग रहेको छ । तर, पुनर्निर्माणमा खासै चासो देखिएको छैन । हुन त प्रदेश र केन्द्र सरकारले घर बनाइदिने भनेको छ । तर, काम सुरू भएको छैन । तत्काल बस्नका लागि नेपाली सेनाले अस्थायी टहराहरू निर्माण गरेको छ ।

2 months ago

म निर्वाचित भईसकेपछि नगरपालिकाको नियम अनुसार एउटा कार्यपालिका छ । त्यसको एउटा सभा हुन्छ जुन स्थानीय संचालन ऐन अन्तर्गत नै रहेर सबै प्रक्रिया अगाडि बढ्ने हो । यहाँ विभिन्न दलबाट जितेर आएका जनप्रतिनिधिहरू छन् ।

2 months ago

हाम्रो नगरपालिकावासीले सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा महसुस गरेका छन् । सिंहदरबारका अधिकारहरू गाउँ–गाउँमा आएका छन् तर कर्मचारी अभावका कारण द्रूतगतिमा विकास निर्माणको काम अगाडि बढाउन सकिरहेका छैनौं । तर, त्यसको अनुभूति जनताले गरिरहेका छन् ।

3 months ago

नयाँ संरचनाअनुसार काम सुरू गर्दा तीन महिनासम्म तालाबन्दी हुँदा निश्चितरूपले विकास निर्माणको काम प्रभावित भएको हो । म झुठो कुरा गर्दिँन कि तालाबन्दी हुँदा पनि काम गरें भनेर । अहिले अमरेश सिंहका मान्छेहरू अनावश्यकरूपमा विवादहरू खडा गर्न खोजिरहेका छन् ।

3 months ago

यहाँका जनजीवन कृषिमा नै आधारित रहेको छ । कृषिमा हामीले धेरै लगानी गर्न पाएका छैनौं । तर, हामीले कृषकलाई सिजनअनुसार विभिन्न खाद्यान्न वस्तुको बीउ वितरण गरेका छौं । हाम्रो बजेटले भ्याएसम्म अलि–अलि मल पनि उपलब्ध गराएका थियौं । त्यस्तै, यहाँ सिंचाइको पनि ठूलो समस्या छ ।

3 months ago

यहाँ सबभन्दा ठूलो पर्यटनको सम्भावना रहेको १२ बिघामा बौधी माताको पोखरी रहेको छ । त्यहाँ भोला बाबा र माता पार्वतीको मन्दिर पनि छ । त्यहाँ बजार लगाउने टहरा पनि छन् । हामीले त्यसलाई राम्ररी सदुपयोग गर्न सक्यौं भने पर्यटनको रूपमा विकास हुनसक्छ । त्यसलाई पनि हामीले मध्यनजर गर्दै पर्यटन क्षेत्रको विकासका लागि योजनाहरू बनाउँदैछौं ।

3 months ago

तपाइँले यो कुरा सोधेर मेरो चित्त दुखाइदिनुभयो । यो सन्दर्भमा म के भन्छु भने यो कार्यक्रम कम्युनिष्टहरूका लागि मात्रै लागू भएको छ । संघीय सरकार कम्युनिष्टहरूकै भएकोले ती पार्टी निकटका गाउँपालिका/नगरपालिकामा मात्रै यो कार्यक्रम लागू भएको देखिएको छ ।

4 months ago

म आफ्नो कार्यकालभित्र शहीदनगर नगरपालिकालाई ‘सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहीदनगर’ बनाउने अठोट लिएको छु । यसलाई नै टारगेट बनाएर हामी काम गरिरहेका छौं । म अरूजस्तो गफ मात्र दिन चाहन्न ।

4 months ago

नयाँ नगरपालिका भएको हुनाले र संविधान अनुसारको तीन तहको सरकारले आफ्नै किसिमको संविधान अनुसार काम, कर्तव्य, अधिकार र दायित्व तोकिएकाले सो अनुसार ऐन, कनुन र कार्यविधिहरु बनाउन सुरुका दिनहरुमा लाग्यौ ।

4 months ago

केन्द्रिकृत शासन पद्धतिले हामीलाई नारामा सीमित राख्न खोजिएको भन्दा पनि के विषयवस्तु छ जसको कारणले स्थानीय तह र संघ–प्रदेशहरूको बीचमा अधिकारको बाँडफाँडको लडाईमा अहिले पनि स्पष्टता आउन सकेको छैन ।

4 months ago

हाम्रो कामबाट यहाँका जनता एकदमै सन्तुष्ट छन् । कुनै किसिमका गुनासो वा अवरोध छैन । हामीसँग भएका स्रोतसाधनले भ्याएसम्म जनतालाई सेवा प्रदान गरिरहेका छौं । हामीसँग कर्मचारी अभावका बाबजुद पनि जनतालाई सेवा दिइरहेका छौं । सम्पूर्ण चुनौतीहरू सामना गर्दै जनतामुखी काम गरिरहेका छौं ।

5 months ago

जनता सन्तुष्ट नै रहेको देख्छु । तर, जनताका चाहना, आकांक्षा, आवश्यक्ता र समस्याहरू थुप्रै छन् । सबै कुरा हामी एकै वर्षमा पूरा पनि गर्न सक्दैनौं । हुन त विकास भनेको निरन्तर चलिरहने प्रक्रिया हो । हाम्रो साधनस्रोतले भ्याएसम्म जति काम गरेका छौं, त्यसबाट जनता सन्तुष्ट छन् ।

5 months ago

वडालाई एउटा नमूना वडाको रूपमा बनाउने सोच लिएका छौं । वड़ामा बाटो घाटोंको राम्रो व्यवस्था, विद्यालयको स्तर सुधार, स्वास्थ्यको सुधार गरी औद्योगिक स्थापना गराउने लक्ष्य रहेको छ । पानी निकास, सिंचाइको सुविधा, विद्युतको आपूर्ति, बेरोजगारी समस्या समाधान गर्ने योजना रहेको छ ।

5 months ago

स्वाभाविकरूपमा धेरै चुनौतीहरू छन् । हामीलाई संघीय वा प्रदेश सरकार कसैको सहयोग प्राप्त भइरहेको छैन । यस नगरपालिकामा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव बाहेक अरू कुनै पनि मन्त्रीहरूको उपस्थिति छैन । यस नगरपालिकाबाट मत पाएका नेताहरूले यहाँको अवस्थाबारे बुझ्न पनि आएका छैनन् । आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक गर्ने हो भने चुनौतीलाई अवसरको रूपमा परिणत गर्न सकिन्छ ।

5 months ago

जनताले स्थानीय सरकारको महसुस गरेका छन् । हामीले गरेका कामहरूको बारेमा जनतालाई भेला गराएर उनीहरूले सेवा सुविधा पाइरहेका छन् कि छैनन् भन्ने सोधपुछ गर्ने गरेका छौं । जनताले काम भइरहेको भन्ने प्रतिक्रिया दिने गरेका छन् । व्यवस्थित रूपमा काम भइरहेको हामीले प्रतिक्रिया पाएका छौं ।