10 months ago

जबसम्म विनाश हुँदैन तबसम्म विकास हुँदैन । अहिले जनकपुरधाम विनाश जस्तै देखिएको छ । किनकि जताततै विद्युतका पोलहरू ढलेका छन्, बाटो खनिएको छ, विद्युतीय तारहरू अव्यवस्थित छन् । त्यसकारणले अहिले विनाश जस्तै देखिएको हो । तर, डेढ दुई वर्षभित्रै हामीले धेरैभन्दा धेरै विकास गर्नेछौं । खानेपानी, टेलिफोन लगायतका विषयमा जनकपुरबासीले अहिले धेरै सास्ती भोगिरहनुपर्ने अवस्था छ ।

10 months ago

प्रदेश र केन्द्र सरकारले वीरगन्जको महत्वलाई बुझ्न सकेको छैन । वीरगन्जको एउटा आफ्नै महत्व छ । पूरा देशलाई नै सेवा दिइरहेको ठाउँ हो वीरगन्ज । जुन किसिमले वीरगन्जमा लगानी हुनुपर्ने हो, त्यो लगानी आजसम्म पनि वीरगन्जले पाउन सकेको छैन । यहाँ जे भएको छ त्यो स्वःस्फूर्तरूपले यहाँका निजी क्षेत्र र नागरिकले लगाएर गरेको हो । नेपाल सरकारको लगानीमा यहाँको ड्राइपोर्ट र आईसीपीमा मात्र हो ।

10 months ago

प्रदेश भन्दा त स्थानीय सरकार नै बलियो छ । किनकी स्थानीय सरकार भन्दा प्रदेश सरकार बिल्कुलै नयाँ संरचना हो । स्थानीय स्तरमा विकास भयो भने त सिंगै नेपाल नै विकास भइहाल्छ । जबसम्म स्थानीय सरकारको विकास हुन सक्दैन तबसम्म प्रदेश र केन्द्रको विकास हुदैन ।