अहिलेको अवस्थामा निश्चितरुपमा निरहुत गाउँपालिका कोरोनारहित नै हो । अहिले हाम्रो गाउँपालिकामा एक जना पनि कोरोना संक्रमित छैन । तर, यहाँ अहिले कोरोना टेष्ट भइरहेको छैन । टेष्ट हुँदा पक्कै पनि एक दुई जना संक्रमित फेला पर्छन् नै । टेष्ट नहुँदा यहाँ कोरोना छैन जस्तो देखिएको छ ।
पूर्णरुपमा राजधानी भालुवाङ लुम्बिनी प्रदेशको उपयुक्त स्थान हो । आर्थिक, सामाजिक, सांस्कृतिक हिसावले उपयुक्त छ । भालुवाङले मगरात, थारु, अवध, मधेश, मुस्लिम समुदायको समेत बसोबास भएको क्षेत्र हो ।
अब लकडाउन गर्नु हुँदैन, हामी सतर्कता अपनाउनुपर्छ । अब हामीले ठोस नीति निर्देशन ल्याएर कोरोना रोकथामका लागि अगाडि बढ्नुपर्छ । अब हामीले कोरोनासँगै बाँच्न सक्नुपर्छ । किनभने अहिलेसम्म कुनै औषधि वा खोप नआइसकेकोले एक दुई वर्ष हामी सचेत भएरै बाँच्नुपर्छ ।
संघीय सरकारबाट प्राप्त भएका स्वास्थ्य उपकरणहरु भीटीएमलगायत हामीले प्रदेश सरकारमार्फत् प्राप्त गरेका छौं । तर, त्यो पर्याप्त छैन । उपमहानगरपालिका आफैले पनि बजारबाट खरिद गरेर टेष्ट गरिरहेका छौं । यो महामारीका बेला संघीय सरकारबाट जेजति सहयोग प्राप्त हुनुपर्ने त्यो अझै पनि छैन ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आतंकित बनाइसकेको अवस्थामा कर्जन्हा नगरपालिका पनि अछुतो छैन ।
ठूलो जनघनत्व र क्षेत्रफलको हिसावले कोरोना नियन्त्रणमा चुनौतीहरु छन् । अहिलेसम्म हामीलाई संघीय सरकारले कुनै किसिमको सहयोग गरेको छैन । प्रदेश सरकारले सुरुमा राहतस्वरुप १५ लाख रुपैयाँ दिएको थियो । अहिले जे जति हामी गरिरहेका छौं, स्थानीयस्तरबाट नै गरिरहेका छौं । यसबाट हामी विचलित भएका छैनौं ।
जबसम्म यसको भ्याक्सिन आउँदैन तबसम्म यो महामारी नियन्त्रण हुनेवाला पनि छैन । तर अब जनजीवन पनि सहज हुनुपर्छ । अहिले सबै क्षेत्र बन्द भएर भोकमरीको अवस्थामा पुग्ने परिस्थिति बन्दैछ । संक्रमणको जोखिम छँदैछ । त्यसैले अब हामी कोरोना सँगसँगै जिउनुपर्छ ।
प्रदेश सरकारले कति खर्च ग¥यो, कहाँ खर्च ग¥यो हामीलाई केही पनि थाहा छैन । प्रदेश सरकारबाट कोरोना रोकथामको नाममा वा स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी केही पनि पठाएको छैन । कलैया अस्पतालमा प्रदेश सरकारको तर्फबाट न त स्वास्थ्यकर्मीको व्यवस्थापन हुन सकेको छ न त स्वास्थ्य सामग्रीको ।
यस्तो गम्भीर महामारी फैलिरहेको बेलामा सरकार संवेदनशील हुन सकेको छैन । प्रदेशको भूमिका के त यस्तो बेलामा ? प्रदेश र संघीय सरकारलाई दिनको दिन ५ बजेभित्र मृतक र संक्रमितको तथ्यांक मात्रै चाहिन्छ प्रेस मिटमा जानकारी दिनका लागि । त्यसबाहेक अरु केही पनि छैन ।
कोरोनाका कारण मृत्यु भएका व्यक्ति लकडाउनभन्दा पहिला नै आफ्नी श्रीमतीको उपचारका लागि भारत जानुभएको थियो । उहाँ नेपाल आएको १० दिनपछि विरामी पर्नुभयो, त्यसपछि उपचारका लागि धरान जानुभयो । त्यसपछि उहाँको निधन भयो त्यसपछि मात्रै हामीलाई थाहा भयो ।
जनताका इच्छा, आंकाक्षा फरक–फरक हुन्छन् । अहिले हामी ऐन, नियम, निर्देशिका, कानुन, नियमावली निर्माण गर्ने आफैंले कार्यक्रमहरू संचालन गर्ने गर्दै गर्दा जनताले आशा गरेका इच्छा, आकांक्षा पूरा गर्नेगरी काम गर्न नसक्ने अवस्थामा पनि छौं । यो अवधि होइन अर्को एउटा पाँच वर्षे अवधि काम गर्ने अवसर प्राप्त हुने हो भने बल्ल जनताले महसुश गर्ने गरी काम गर्न सकिएला । यहि अवधिमा नगरपालिकाभित्र रहेका व्याप्त समस्याहरू सबै समाधान गर्न सकिँदैन त्यसको लागि समय चाहिन्छ ।
शान्तिका अग्रदुत गौतम बुद्धको गृहजिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो ।
यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरूष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ । सदरमुकाम भद्रपुर देखि २३ किलोमिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोंग गाउँपालिका रहेको छ ।
स्पष्ट नीति निर्माण नभएकाले कार्यान्वयन पक्ष कमजोर देखिएको छ । त्यसैले सिंहदरबार अवधारणागतरूपमा छ तर कार्यान्वयन पक्ष बढ्न सकिरहेको छैन । त्यसैले हामीले जनतालाई पूर्णरूपमा सिंहदरबार गाउँमा भन्ने नारालाई अनुभूति गराउन सकिरहेका छैनौं ।
हामीले जसरी स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा लगाएका थियौं, त्यो कुरा पूरा गर्न सकेका छैनौं । यो कुरा म स्वीकार गर्छु । तर, त्यसका पूर्वाधारहरू तयार गरिसकेका छौं । मुख्य समस्या भनेको हामीसँग कर्मचारी छैन । हाम्रो नगरपालिकामा जम्मा चार जना कर्मचारी छन् ।
प्राचीन कोलीय राज्यको राजधानी देवदह नेपालको प्रदेश नं. ५ अन्तर्गत रूपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्रअनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।
गैडहवा गाउ“पालिका रूपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित छ । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरूपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४ विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरू साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर, जनसंख्या ४७५६५ (पुरूष २३७३० र महिला २३८३५) रहेको छ । यो गाउ“पालिकामा जम्मा ९ वडा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी सांस्कृतिक न.पा. पर्दछन् । यस गा.पा.को ९२५ हेक्टर क्षेत्रफल जमीनमा वनजंगल रहेकोमा ८१३.७६ हेक्टर वन समुदायबाट व्यवस्थापन छ ।
प्रदेश ५ अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ । २०३९ सालमा तौलिहवा गाउ“ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउ“ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउ“ पञ्चायतको केही भूभाग समेटिएको थियो । साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१÷०७÷२१ को निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो । स्थानीय तहको पुनर्संरचनास“गै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् । हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल ओगटेको छ ।
मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभागसम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरूको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रूपमा रह“दा पनि यस भेगका खोला किनाराहरूमा स्थानीय आदिवासीहरूको बसोबास थियो । यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरू पाउन सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।
महागढीमाई नगरपालिका बारा जिल्लामा रहेको पा“च वटा नगरपालिकामध्ये एक हो । जो साबिकका महागढीमाई नगरपालिका, बरियारपुर, गंजभवानीपुर, बबुआइन, दहियार, तेलकुवा, पत्रहट्टी, मधुरीजब्दी, कवहीजब्दी, पिप्राबिर्ता, प्रशुरामपुर (१), मझरीया (८), महेशपुर (१) गा.वि.स.हरू मिलेर बनेको छ । यस नगरपालिकाको स्थापना वि.सं. २०७३ सालमा भएको हो । यस नगरपालिकाको पूर्वमा करैयामाई गाउ“पालिका र पचरौता गाउ“पालिका, पश्चिममा कलैया उप–महानगरपालिका, उत्तरमा करैयामाई गाउ“पालिका र दक्षिणमा देवताल र स्वर्ण गाउ“पालिका रहेको छ । ५५.३२ वर्ग मि.मि क्षेत्रफल रहेको यस नगरपालिकामा बहुजातिको बसोबास रहेको पाइन्छ ।
अब कुन हिसाव मागेका छन्, त्यो कल रेकर्ड सार्वजनिक भएपछि थाहा हुन्छ । विभिन्न किसिमका अपशब्द प्रयोग गरेर गाली पनि गरेका छन्, मार्छु, काट्छु लगायतका कुराहरू भनेका छन् । त्यसैले पुस ७ गतेको कल रेकर्ड सार्वजनिक हुनुपर्छ ।
जिल्लाकै सबभन्दा बढी पर्यटनको आकर्षणको केन्द्र बराहक्षेत्र नगरपालिका नै हो । बराहक्षेत्र आफैमा एउटा धार्मिक, ऐतिहासिक, पूरातात्विक चीजले भरिपूर्ण छ । यसका आसपासमा विभिन्न जातजाति, समुदायको भेषभूषा झल्किने खालको पाइन्छ ।
खुला सिमानाले दुई देशबीचको सम्बन्ध नागरिकस्तर धेरै मजबुत बनाएको छ । बिहेबारी हुँदै आएको छ । यहाँबाट रोजगारका लागि पनि जान सहज छ ।
म आफ्नो कार्यकालभित्र यो वडालाई एउटा नमूना वडाको रूपमा बनाएर देखाउँछु । निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्ने नै मेरो मूल उद्देश्य हो । हामीले विभिन्न किसिमका योजनाहरू छनौट गरेका छौं र सोहीअनुसार काम कारबाही अगाडि बढाइरहेका छौं ।