1 year ago

मधेशी दलमा जो सच्चा मनका साथ लागेका थिए। उनीहरू मधेशी दल छोड्ने क्रम सुरू भएको छ । अहिले मधेशवादी दलविहीन मधेश बन्दै गइरहेको अवस्था छ । त्यो अर्थमा हाम्रो पार्टीले यसरी भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, सत्ताका रस चाट्ने र पूरै अराजकता सिर्जना गर्ने जुन क्रियाकलापहरू भइरहेको छ त्यसबारे हामीले समीक्षा गर्नुपर्छ र एउटा धारणा बनाएर जानुपर्छ भन्ने चरणमा छौं ।

1 year ago

फोरम नेपालको तीन ‘स’को नीति छ, सडक, सदन र सरकार । अहिले पनि हामी यी तीनवटै ठाउँमा हाम्रो उपस्थिति छ । सरकारमा हुँदा पनि हामी संघर्षमै छौं । हामीले संघीय सरकारलाई संशोधनको सुनिश्चितता गर भनेर अल्टिमेटम दिएका छौं ।

1 year ago

अहिलेको अवस्थामा सबभन्दा बढी मधेश विरोधी सीके राउत नै हुन् । आज म उहाँबाट टाढिनुको कारण नै यही हो । जुन ११ बुँदे सम्झौतालाई मधेशको ऐतिहासिक जित भन्नुभएको छ, त्यसमा मधेशका लागि के कुराहरू छन् त ?

1 year ago

हामीले तयार पारेको प्रतिवेदनलाई प्रदेशसभाले सकारात्मक रूपमा लिनुपर्छ । अब प्रदेश सरकारले हाम्रो प्रतिवेदनअनुसार नाम र राजधानी घोषणा गर्छ वा गर्दैन त्यो हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो । तर, हाम्रो प्रतिवेदन जनभावनाअनुरूप तयार पारिएको छ । त्यसैले प्रदेशसभाले प्रतिवेदनलाई महत्व दिनुपर्छ र गम्भीरतापूर्वक लिनुपर्छ ।

1 year ago

गौर घटनाको बारेमा प्रचण्डजीलाई बढी थाहा छ । त्यो बेला जाँचबुझ आयोग बनेको थियो । विगतमा अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभयो खिलराज रेग्मी, उहाँकै अध्यक्षतामा छानबिन समिति गठन भएको थियो । त्यसको त रिपोर्ट नै अहिलेसम्म सार्वजनिक गरिएन । त्यो राज्यको जिम्मेवारी हो । राज्यले न्यायिक छानबिन समिति गठन गर्छ भने त्यसको रिपोर्ट त सार्वजनिक गर्नुपर्दथ्यो । त्यो रिपोर्ट बालुवाटारमा कहीं थन्केर बसेको होला वा फोहोरमा फालिदिएको होला ।

1 year ago

यहाँ एक थरि मान्छेले नागरिकताको मुद्दालाई जसरी पनि बल्झाइराख्ने भन्ने दाउले लागेकै हुन् । यसमा आफूलाई राष्ट्रवादी भन्ने केही मान्छेहरू छन् जसले नेपाली राष्ट्रियतालाई कमजोर गर्ने मनसायका साथ लागेका छन् । महिलालाई वंश न स्वीकार गर्ने, मधेशका अनुहार स्वीकार नगर्ने, मधेशीलाई भारतीय देख्ने लगायत संकीर्ण धार एउटा छ ।

1 year ago

कथित मधेशवादी दलहरूले मधेशको दुखिरहेको भावनालाई आफ्ना स्वार्थपूर्तिका लागि क्यास गर्दै आएका छन् । यिनीहरूले भनेका थिए, अभि नही तो कभी नही, उधारो सम्झौता हुँदैन, संशोधन होइन पुनर्लेखन, आर कि पार लगायतका कुराहरू गरेर मधेशका जनताहरूलाई सडकमा ल्याएर सयौंलाई शहीद बनाएका छन्, अर्बौंको क्षति भएको छ ।

1 year ago

यसको धेरै दूरी छैन । यसको फिजिबिल भाडा जुन हुन्छ, त्यसको निर्धारण टेक्निकल कमिटीले निर्धारण गर्छ । यति नै हुन्छ भनेर अहिले त भन्न सकिँदैन । तर, जे हुन्छ त्यसबाट जनतालाई धेरै भार पर्दैन ।

1 year ago

हाम्रा समुदायका मानिसहरूले कथबनियाँ, गुप्ता, श्रीवास्तव, दास लगायतका थरहरू लेखाउँछन् । खासगरी, हाम्रा समुदायका व्यक्तिहरूले व्यापार, व्यवसाय गर्ने गरेका छन् । तर, विभिन्न पेशामा छन् । त्यसैले, अहिले व्यापारिक वर्ग मात्रै भन्न मिलेन ।

1 year ago

एकीकरणका लागि सबै सम्भावनाहरू छन् । त्यसका लागि त वार्ताको टेबुलमा बस्नुप¥यो नि । शर्तको कुनै कुरा छैन । वार्ताको टेबुलमा जे–जे कुरा हुन्छ, बसेर एउटा निष्कर्ष निकालिन्छ । त्यसकारणले अहिले अनावश्यक कुराहरू गरेर एकताको वातावरण किन धुमिल पार्ने ?

1 year ago

अहिले मुलुकमा तीन तहको सरकार छ, लोकतन्त्र अहिले घरघरमा पुगिसकेको छ । त्यसबाट रत्तिभर पनि विचलित हुनुपर्ने अवस्था छैन । न्यायालयले त्यसका लागि अग्रगामी भूमिका निर्वाह गर्छ भन्ने मैले विश्वास लिएको छु । हाम्रो चण्डेश्वर श्रेष्ठ समूहको उम्मेदवारहरुले त्यसलाई आत्मसात गरेका छौं । न्यायालयमा सुदृढीकरण र शुद्धीकरणका लागि हाम्रो भूमिका अपरिहार्य छ ।

1 year ago

अहिले जसरी दुई तिहाइको घमण्डमा कार्यपालिका रहेको छ र उसले न्यायपालिकालाई पनि नियन्त्रित गर्न खोजेको छ, त्यो कहीं न कहीं आभाष भइरहेको अवस्था छ । यस्तो अवस्थामा एउटा मजबुत बार एसोसिएसनको निर्माण हामीले गर्न सकेनौं भने एउटा सक्षम बार एसोसिएसन आउन सकेन भने न्यायपालिकालाई बचाउन सक्दैनौं ।

1 year ago

डा.सीके राउतको दूरदृष्टि र भिजन भनेको मधेशलाई छुट्टै देश बनाउने नै हो । त्यो कुरा अब कागजमा नभए पनि मनमष्तिस्कमा छ । उहाँको बडी ल्याङ्ग्वेजले पनि देखाइरहेको छ ।

1 year ago

सीके राउतले त जनअभिमतलाई जनमत संग्रहको रूपमा व्याख्या गरिरहनु भएको छ । सारमा सम्झौतालाई हेर्ने हो भने बुँदा नं. २ लाई अन्य बुँदाहरूले पनि सपोर्ट गरेर बोल्छ ।

1 year ago

राजपा र फोरमले मधेशबाट ठगेर मत लिएको हो भने के नेकपाले अहिले जुन मत ल्याएको छ के त्यो ठगेर ल्याएको होइन ? उहाँ भन्नुहुन्छ कि मधेशवादीहरूलाई उन्माद भयो, तर सत्तापक्षका नेताहरूमा उन्माद भएको हो ।

1 year ago

जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले हामी पुनरावेदन अदालतमा जान्छौं । सबभन्दा पहिला त जा“चबुझ आयोगको प्रतिवेदन जनताको बीचमा आउनु प¥यो । जनतालाई टीकापुर घटनाको वास्तविक तथ्य जान्ने अधिकार छ ।

1 year ago

पार्टीले मन्त्रीलाई फिर्ता बोलाउनेतर्फ जानु हुँदैन । मन्त्रीहरूलाई सचेत गराउनुपर्छ । यदि मन्त्रीहरू काम गर्न सकिरहेका छैन भने स्वेच्छाले हट्नुपर्छ ।

1 year ago

कांग्रेस कमजोर भएको होइन । कांग्रेसभित्र विचारको आदानप्रदान बढी हुन्छ । सबैले आआफ्नो धारणा राख्छन्, त्यसलाई विवादको रूपमा व्याख्या गरिन्छ । कांग्रेसका सबै नेता कार्यकर्ताहरूको नीति र सिद्धान्त एउटै छ ।

1 year ago

केन्द्रले बढी बजेट दिएन, कर्मचारी पूर्ति गरेन, अधिकार कटौती ग¥यो भन्ने किसिमका गुनासाहरू छन्, तर जति बजेट र अधिकार दिइएको छ त्यो पनि उपयोग गर्न सकिरहेको छैन । लोकप्रियताका लागि मात्रै त्यस्ता कुराहरू गर्ने हो भने त्यसले राम्रो परिणाम दिँदैन ।

1 year ago

हामीले प्रदेश नाम र स्थायी राजधानीका लागि प्रतिपक्षसँग सहमति खोजिरहेका छौं । नाम र स्थायी राजधानी महत्वपूर्ण एजेन्डा भएकोले यसमा सबैको सहमति आवश्यक छ र त्यहि अनुसार अगाडि बढाएर टुंगो लगाऔं भन्ने पक्षमा सरकार रहेकोे छ

1 year ago

संविधानमा त्रृटि भए पनि त्यो संविधान अन्तर्गत रहेर बनाइने विधेयकहरुमा त्रृटि सच्याउँदै जाने र दर्जनौं मधेशी जनताको शहादतबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै अगाडि बढ्ने उद्देश्य लिएर हामी सरकारमा सहभागी भएका हौं ।

1 year ago

जबसम्म हामीले उठाएका मागहरूलाई ठूला दलहरूले आफ्नो एजेन्डा बनाउँदैन तबसम्म समाधान हुने अवस्था देखिँदैन । त्यसैले हामीले नेकपा रोजेका हौं । किनकि यी समस्याहरू समाधान गर्ने शक्ति जोसँग छ उसैले गर्न सक्छ ।

1 year ago

भन्छन् नि, ‘मरता क्या नहीं करता’ । मान्छे मर्न लाग्यो भने जे पनि गर्न उ उद्दत हुन्छ । त्यो स्थिति अहिलेसम्म आइसकेको छैन । हामीले सशस्त्र संघर्षको विकल्प रोज्ने बेला आइसकेको छैन ।

1 year ago

सत्ताको वरिपरी घुम्ने मात्र बढी मधेशी नेता भए तर साँच्चिकै मधेशका लागि काम गर्नेहरु र गजेन्द्रनारायणको विचारलाई लिएर अगाडि बढ्नेहरुको संख्या ज्याँदै न्यून छ ।

1 year ago

मलाई देशले भन्दा पहिले विदेशले चिनेको हो । विदेशले चिनिसकेपछि देशले खोज्न सुरु ग¥यो, देशले खोजेपछि मात्र मलाई मेरो समाजले खोजेको हो ।