1 year ago

सुनसरी, ३० भाद्र । संघीय समाजवादी फोरम नेपालले इटहरीमा प्रशिक्षण कार्यक्रम गरेको छ । इटहरी उपमहानगरपालिकास्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले ठोस नीतिसहितको प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् ।

1 year ago

काठमाडौं, २९ भाद्र । हिरासतमा राम मनोहर यादवको मृत्युबारे गृहमन्त्रीले दिएको जवाफको राष्ट्रिय जनता पार्टी नेपालले कडा आलोचना गरेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले राम मनोहर सीके राउतको मान्छे भएको र रोगको कारण मृत्यु भएको भनी जवाफ दिएका थिए ।

1 year ago

काठमाडौं, २९ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले बाँकेका राम मनोहर यादवको प्रहरी हिरासतमा भएको मृत्युबारे सरकारसँग जवाफ मागेको छ ।

1 year ago

वीरगञ्ज, २९ भाद्र । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संघीय समाजवादी फोरम नेपालबाट राजीनामा दिएका छन् । उनले फोरमका नेताहरुको तर्फबाट बारम्बार अनावश्यक दबाबहरु आइरहेको कारणले थेग्न नसकेर पार्टी नै परित्याग गर्नुपर्ने अवस्था आएको मेयर सरावगी निकट स्रोतले मधेशवाणीलाई बताएका हुन् ।

1 year ago

काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

1 year ago

जनकपुरधाम, २८ भाद्र । सङ्घीय समाजवादी फोरम, नेपालको मधेश प्रदेशको आयोजनामा यहि भाद्र २२ र २३ गते पार्टीका धनुषा जिल्ला अध्यक्ष चण्डेश्वर महतोको अध्यक्षतामा प्रदेशको राजधानी जनकपुरधाममा भब्य रूपमा सम्पन्न भएको छ ।

1 year ago

विराटनगर, २८ भाद्र । सङ्घीय समाजवादी फोरम नेपालले प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा गर्ने भएको छ । भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव पर्शुराम बस्नेतले

1 year ago

काठमाडौं, २८ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गते संविधान दिवसको दिन मधेशव्यापीरुपमा विरोधसभाहरु गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

1 year ago

काठमाडौं, २७ भाद्र । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफूहरुले संविधान दिवस वा कालो दिवस नमनाउने बताएका छन् । उनले फोरम मौन भएर बस्ने बताएका हुन् ।

1 year ago

विराटनगर, २६ भाद्र । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सङ्घीयताको सफल कार्यान्वनका लागि सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

1 year ago

काठमाडौं, २६ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलीय बैठकले ११ बुँदे सर्कुलर जारी गर्दै असोज ३ गते संविधान दिवसको विरोधमा मधेशमा ब्ल्याक आउट गर्न निर्देशन दिएको छ ।

1 year ago

जनकपुरधाम, २५ भाद्र । सङ्घीय समाजवादी फोरम, नेपालको मधेश प्रदेशको आयोजनामा यहि भाद्र २२ र २३ गते पार्टीका धनुषा जिल्ला अध्यक्ष चण्डेश्वर महतोको अध्यक्षतामा प्रदेशको राजधानी जनकपुरधाममा भब्य रूपमा सम्पन्न भएको छ ।

1 year ago

राकेश यादव, रौतहट, २५ भाद्र । गौर नगरपालिका कार्यालयको आयोजनामा तीज महोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रमुख किरण ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमंत्री डाक्टर डिम्पल झाले महिलाहरुलाई आधुनिक युगमा आफ्नो संस्कृतिलाइ जोगाउँदै अघि बढ्नु पर्ने बताएकी छन् । 

1 year ago

जनकपुरधाम, २४ भाद्र । जननायक बिपी कोइरालाको विचार, सिद्धान्त र व्यवहार विपरित नेपाली काङ्ग्रेस उद्यत हुनाले लोकप्रियतामा प्रश्न चिह्न लागेको धारणा व्यक्त गरिएको छ ।

1 year ago

कलैया, २४ भाद्र । नेपाली काङ्ग्रेसका पूर्वसांसद रामअयोध्याप्रसाद यादवले काङ्ग्र्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताएका छन् ।

1 year ago

बर्दिया, २४ भाद्र । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन् ।

1 year ago

काठमाडौं, २४ भाद्र । पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताए । उनले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गरे ।

1 year ago

काठमाडौं, २४ भाद्र । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको मृत्युबारे छानबिन गर्न उच्चस्तरीय एवं अधिकार सम्पन्न न्यायिक समिति गठनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

1 year ago

नेपालगञ्ज, २४ भाद्र । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् ।

1 year ago

राकेश यादव, रौतहट, २४ भाद्र । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले खुल्ला सिमानालाई केन्द्रीय सरकारले नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको खुलासा गरेका छन् । 

1 year ago

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एच.डी.देवेगौडा बीच बालुवाटारमा शिष्टाचार भेट भएको छ ।

1 year ago

वीरगन्ज, २१ भाद्र । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले वीरगंजमा अवस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एकाइ कमिटि गठन गरेको छ ।

1 year ago

विराटनगर, २१ भाद्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्घातकै कारण निर्वाचनमा पार्टी पराजित भएको बताएका छन् । उनले तीनै तहको निर्वाचनमा अन्तर्घात भएको दाबी गरेका छन् ।

1 year ago

काठमाडौं, २१ भाद्र । तराई मधेश राष्ट्रिय परिषदको अगुवाईमा एक प्रतिनिधिमण्डल बिहीबार गृहमन्त्री राम बहादुर थापा बादलसँग भेटी राम मनोहर यादवको शंकास्पद हत्याको न्यायिक छानविन गरेर दोषीउपर कडा कारवाहीको मागसहित उच्चस्तरीय छानविन समिति गठन गर्न ज्ञापनपत्र बुझाइएको छ ।

1 year ago

पोखरा, २१ भाद्र । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संविधानले अवलम्बन गरेका सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।