अपहरित बालकको सकुशल उद्धार

समाचार

5/17/2019

रौतहट, २ जेठ । बैशाख ३१ गतेका दिन विद्यालयबाट अपहरणमा परेका ६ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरी अभिभावकके जिम्मा लगाएको छ ।

रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ७ स्थित रहेको गैलेक्सी इंग्लिश बोर्डिंगमा अध्ययन गर्न गएको बेला अपहरणमा परेका स्थानीय वडा नम्बर १ निवासी गजेन्द्र साहको ६ वर्षीय छोरा विशाल साहलाई सकुशल उद्धार गरी अभिभावकको जिल्ला लगाइएको हो । विद्यालयको ढोका अगाडीबाट ललाई फकाई भारत विहार मोतिहारी जिल्लाको पुर्वीचम्पारण रक्सा गाउँ निवासी मुन्ना साहले बलजवर्दस्ती मोटर साइकलमा बसाएर अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका बालक भारत बिहार राज्यको पताही ठाउँमा लगी राखेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधीकृत र इलाका प्रहरी कार्यालय कोपवा पिपरियाका प्र.ना.नि. लतिफ अन्सारीको कमाण्डमा खटिएको प्रहरी टोलीले भारत बिहार प्रहरी समेतसँग समन्बय गरी निज बालक बिशाल साहलाई जेष्ठ १ गते दिनको १० बजेको समयमा उद्वार गरेको प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले बताएका छन् । अपहरण कार्यमा संलग्न रहेकालाई खोजतलाश भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ