काठमाडौं, १० असार । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
समाजवादी पार्टी नेपालको केन्द्रीय कारिणी समितिको पूर्ण बैठकका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मंगलबार सांसद प्रदीपलाई निलम्बन गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् ।
फ्रि तिब्बत कार्यक्रममा पार्टीलाई नसोधी सहभागी भएकोले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जनाइएको छ ।
लाटभीया देशको रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरीत र जानकारी नगराई सहभागी प्रदीप सहभागी भएका थिए ।
यस विषयमा सांसद प्रदीपसँग सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएकोले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएको अध्यक्ष यादवले विज्ञप्तिमार्फत् जनाएका छन् ।
यसैगरी, समाजवादीको केन्द्रीय कार्यालय प्रमुखमा उपमहासचिव प्रकाश अधिकारी र प्रचार विभागमा सचिव प्रशान्त सिंहलाई राख्ने निर्णय गरेको हो ।
यस्तै, समाजवादीको अर्थ विभागमा कोषाअध्यक्ष विजयकुमार यादव, पार्टीको विज्ञ परिषद् प्रमुखमा डा.पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुख भीम प्रसाद गौतमलाई तोकिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया