जनकपुरधाम, ३ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको आह्वान हजारौं सर्वसाधारण सडकमा ओर्लिएका छन् । उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन आह्वान गरेका थिए ।
उनको आह्वानमा हजारौंको संख्यामा जनकपुरधामस्थित रामानन्द चौकमा जम्मा भएका थिए । डा. राउतलाई सुरक्षा निकायले खोजी गरिरहँदा पनि पक्राउ गर्न सकिएन ।
उनले बिहानै सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै ‘चलु जकनपुर, भरु जनकपुर’ नारा दिएर आहवान गरेका थिए ।
संविधान दिवसको विरोधमा आयोजना गरेको कार्यक्रममा डा. राउतले मधेश आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश स्वतन्त्र भएरै छाड्ने बताएका थिए ।
गाउँ गाउँबाट जनकपुरधाम आएका हजारौंको संख्यामा आएका सर्वसाधारणहरुको भीड देखेर सुरक्षा निकाय पनि शान्त बसेको थियो ।
तपाईको प्रतिक्रिया