काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ, ज्येष्ठ नागरिक तथा आम नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले नेपालीहरूको महान् सांस्कृतिक पर्व विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।
जनकपुरधाम । जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. अमितकुमार यादव नियुक्त भएका छन् ।
महोत्तरी । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन्।
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मार्फत हुँदै आएको सार्वजनिक खरिद प्रक्रिया रोकेर कागजी माध्यमबाट ठेकेदार छनोट गर्न थालिएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूमाथि प्रश्न उठाएका छन्।
काठमाडौं । हुंकार मधेशले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो चरणमा २१ वटा विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको छ।
सर्लाही । नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी पुस २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
जनकपुरधाम । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठकले आगामी छठ पर्वपछि मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
काठमाडौं, । जनमत पार्टीले पार्टीको राजनीतिक विचार, सिद्धान्त र एजेन्डाबारे जनचेतना फैलाउन ‘जन जन जनमत, मन मन जनमत’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले वर्तमान सरकारको कार्यशैली, सुशासनको अवस्था, संघीयताको कार्यान्वयन र उत्पीडित समुदायको अधिकारका विषयमा प्रश्न उठाउँदै छठपछि राजनीतिक आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनर्निर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउन छुट्टै अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौं । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एवं प्रमुख युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख विदेश्वर यादव (विक्की) ले पार्टीबाट राजीनामा दिएका छन्।
काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत प्रतिनिधि सभा निर्वाचनको परिणामलाई परम्परागत दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको जनआकाङ्क्षाको अभिव्यक्ति भन्दै पार्टीभित्र निर्मम आत्मसमीक्षाको प्रस्ताव गरेका छन्।
सिरहा । जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन–२०८३ बाट निर्मल मण्डल राष्ट्रिय उपमहासचिवमा निर्वाचित भएका छन्। मण्डलले ५०१ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी ललित चन्द्र मल्लिकलाई पराजित गरेका हुन्। मल्लिकले ४१४ मत प्राप्त गरेका थिए।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरतर्फ सहमहामन्त्री पदका लागि मनिषकुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।
कपिलवस्तु । राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चुनौती बढ्दै गएको दाबी गर्दै हिन्दुहरू आफ्नो धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन्।
काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठको पूर्वसन्ध्यामा मधेशी एकता समाज, यूएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट निकासका लागि ‘फेक शासन’को भण्डाफोर, सिस्टम सुधार र नयाँ संविधान निर्माणको दिशामा निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा मनिषकुमार मिश्रको सम्भावित उम्मेदवारीबारे पार्टीभित्र चर्चा बढेको छ।