काठमाडौं । ‘हुंकार मधेश’को केन्द्रीय अभियानको बैठकले संविधानसभा सदस्य रामकुमार ‘कश्यप’लाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौतीको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।

काठमाडौं । उद्योगपति विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न स्क्याम लिंक तथा भ्रामक सामग्री प्रसारित भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर आज स्वदेश फर्किएका छन्।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले नुवाकोटको विदुरमा रहेका भोटेकोशी बाढीपीडित परिवारलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ।

काठमाडौं । ‘हुंकार मधेश’ अभियानले आफ्नो अवधारणा पत्र तथा केन्द्रीय अभियन्ताहरूको सूची सार्वजनिक गरेको छ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले संविधान संशोधन, संघीयता सुदृढीकरण, चुरे संरक्षण, स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने अभियान तथा उत्पीडित राष्ट्रियताहरूलाई समेटेर ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

काठमाडौं । देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिने भएको छ।

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १७ गते शनिबार वीरगंजमा हुने भएको छ। यसअघि असोज ९ र १० गते महाधिवेशन गर्ने निर्णय भए पनि प्रतिकूल मौसमका कारण मिति सारिएको हो।

काठमाडौं । आम जनता पार्टी (आजपा)ले उपत्यका विशेष कमिटी पुनर्गठन गरेको छ। पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो।

काठमाडौं । लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले पार्टीका संरक्षकलाई सम्बोधन गर्दै बुधबार राजीनामा पत्र बुझाएका हुन् ।

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपति प्राध्यापक डा. श्यामनारायण लाभको राजीनामा माग गर्दै सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ ।

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झासहित ९ जना नेता तथा केन्द्रीय सदस्यले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य मनिष कुमार मिश्रले पार्टीले अब परम्परागत ढर्राभन्दा फरक, सकारात्मक सोच र परिणाममुखी ढंगले काम गर्नुपर्ने बताएका छन्।

काठमाडौं । शिक्षक अभावदेखि विद्यालयको भौतिक पूर्वाधार र निःशुल्क शिक्षाको कार्यान्वयनसम्मका विषय उठाउँदै आम विद्यार्थी मोर्चाले शिक्षा मन्त्रालयसँग जवाफ मागेको छ।

बारा । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं । अग्रगामी मोर्चानिकट अग्रगामी युवा मोर्चाले बढ्दो मूल्यवृद्धि नियन्त्रण तथा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहको अधिकार, बजेट र जनताको आधारभूत सेवामा भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सार्वजनिक अपिल गरेकी छन्।

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बिमला अन्सारीले उत्पीडित जनताको मुक्ति केवल नाराबाजी वा चुनावका बेला मत मागेर सम्भव नहुने बताएकी छन्।

जनकपुरधाम। नौदलीय अग्रगामी मोर्चाले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माणले मात्रै अधिकारको लडाइँ पूरा नभएको भन्दै अब मधेश राज्य निर्माणका लागि संघर्ष आवश्यक रहेको बताएका छन्।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि नौदलीय अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।

काठमाडौं। राष्ट्रिय एकता दल महिला विभागको आयोजनामा ‘हिन्दू नारी र तीजको महत्व’ विषयक विशेष अन्तरक्रिया तथा विचार गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ।

ट्रेन्डिङ