जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखी सहकारी एवं लघुवित पीडितहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।
काठमाडौं । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको तथा सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले कालोसूचीमा राखेकामा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता राजकुमार गुप्ताले आपत्ति जनाएका छन् ।
नेपालगन्ज । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधा तथा विकास निर्माणको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले आफ्नो ऐतिहासिक तेस्रो स्थापना दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइरहेका बेला पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह (सीबी साह) ले नागरिक सर्वोच्चतामा आधारित वास्तविक लोकतन्त्रको स्थापना आजपाको मूल संकल्प रहेको स्पष्ट पारेका छन् ।
ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामाजिक सद्भाव, समरसता र समुन्नत समाज निर्माण हाम्रो साझा ध्येय भएको उल्लेख गर्दै दलित समुदायलाई न्याय, अवसर, समानता र समावेशिताको मार्गमा थप दृढताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादव, नेता प्रदीप यादवसहितका नेताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा फर्किएका छन् ।
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबीच एकीकरण हुने भएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।
इमरान खान, कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन कपिलवस्तुले तदर्थ समिति गठन गरेको छ ।
काठमाडौं । बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको जनकपुरधाम र वीरगन्जमा प्रदर्शन भएको छ ।
काठमाडौं । डा.शरदसिंह यादवको नेतृत्वमा हालै गठन भएको जन अधिकार पार्टीप्रति जेन्जी युवाको आकर्षण बढ्दै गएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित संघर्ष समितिका बीचमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल एवं सहकार्य गर्ने सहमति भएको छ ।
सिरहा । बंग्लादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिरहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्याली तथा प्रदर्शन गरिएको छ।
काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई वहिस्कार गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको विधानको धारा २५ को (ध) तथा पार्टीको शुभेच्छुक संगठन राष्ट्रिय प्रेस मञ्च नेपालको विधानको धारा १३९ को उपधारा २९ बमोजिम सरोज कुमार मिश्र (खिलाडी) लाई राष्ट्रिय प्रेस मञ्च नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा मनोनयन गरिएको छ।
काठमाडौं । दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाडौंमा सम्पन्न भएको छ ।
सिरहा । जनमत पार्टीका नेता वीरेन्द्रप्रसाद साहले पार्टी परित्याग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेको घोषणा गरेका छन् ।
काठमाडौं । डा.शरद्सिंह यादव नेतृत्वको जन अधिकार पार्टीको पर्सा जिल्ला अध्यक्षमा गगनदेव यादवलाई नियुक्त गरिएको छ ।
काठमाडौं ।संविधान सभा सदस्य प्रमोद प्रसाद गुप्ता र मधेश प्रदेशसभा पूर्वसदस्य पारस प्रसाद साह जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित भएका छन् ।
बारा । बारा जिल्लाअन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।