सप्तरी । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर” नारासहित राजविराजमा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
सोमबार ८ मार्चका दिन राजविराज नगरपालिका वडा नम्बर–७ स्तिथ रहेको कृष्ण मन्दिरको प्राङगअनमा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।
तराई मधेश महिला फाउण्डेशन, दहेजमुक्त मिथिला र गजेन्द्रनारायण सिंह अस्पतालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
तराई मधेश महिला फाऊन्डेशन नेपालकी अध्यक्ष सुनिता साहको अध्यक्षतामा प्रमुख अतिथि दहेजमुक्त मिथिलाकी अध्यक्ष करुणा झा तथा विशिष्ट अतिथि गजेन्द्रनारायण सिंह अस्पतालका इन्चार्ज मनिषा सिमखडा र अतिथिमा भीसीटी सेन्टरका इन्चार्ज सुनिता यादव लगायतका स्थानीय बासिन्दा महिलाहरुको उपस्थितिमा कार्यक्रम भव्यताका साथ मनाइएको छ ।
तपाईको प्रतिक्रिया