मोरङ ४ मा रास्वपाका राजवंशी तेब्बरभन्दा बढी मतसहित विजयी

समाचार

मोरङ । मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी तीन गुणाभन्दा बढी मतसहित निर्वाचित भएका छन् ।

सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका हुन् ।

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ