कपिलवस्तु ३ मा कांग्रेसबाट शाह विजयी

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा मत गणना सम्पन्न भएको छ । मतगणना सम्पन्न पश्चात नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत शाहले कुल २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी रास्वपाका प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार शाहका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन् । महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका क्षेत्रहरु पर्दछन् ।

यद्यपि यस क्षेत्रमा मतगणना सकिएर औपचारिक नतिजा सार्वजनिक गरिसकेको छ । यता शाह विजयी भएपछि उनका सर्मथक निकै उत्सहित भएका छन् भने उनले मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । विकासका लागि प्रतिबद्धता समेत जाहेर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ