बाँके १ मा दोब्बरभन्दा बढी मतान्तरले चौधरी विजयी

समाचार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दै प्रभावशाली जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरे ।

अन्तिम मतपरिणामअनुसार चौधरीले निकटतम प्रतिस्पर्धी गौडेललाई १७ हजार ४९१ मतान्तरले पराजित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

विजयी उम्मेदवार चौधरीले मतदाताप्रति आभार व्यक्त गर्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ