पर्सा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् ।

वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

रुपन्देही । रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन् ।

मोरङ । मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएका छन् ।

मोरङ । मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी तीन गुणाभन्दा बढी मतसहित निर्वाचित भएका छन् ।

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश कुमार चौधरी दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

जनकपुरधाम । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सप्तरी । “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर” नारासहित राजविराजमा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहट आफ्नो लागि सिर्फ एक निर्वाचन क्षेत्रमात्र नभएर जीवनकै अभिन्न हिस्सा एवम् परिवार भएको बताएका छन् ।

इमरान खान, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा मत गणना सम्पन्न भएको छ । मतगणना सम्पन्न पश्चात नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन् ।

राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल निर्वाचित भएका छन् ।

राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार राजेश चौधरी फराकिलो मतान्तरबाट निर्वाचित भएका छन् ।

जनकपुरधाम । नेपाल र भारतका लाखौं श्रद्धालुको सहभागिता रहेको १५ दिने ‘मानव महाकुम्भ’ भनेर चिनिने मिथिला मध्यमा परिक्रमा समापन भएको छ ।

सप्तरी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्।

सर्लाही । आम जनता पार्टी (आजपा)का नेतृ एवं सर्लाही–४ की उम्मेदवार रिंकी कुमारी साहले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

महोत्तरी । जनता समाजवादी पार्टी नेपालबाट महोत्तरी ३ की प्रतिनिधिसभा सदस्य डा.मिनाक्षी ठाकुरको घरदैलो तथा रोड शो कार्यक्रम तीव्ररुपमा अगाडि बढिरहेको छ ।

प्रेमचन्द्र झा, रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले व्यापक सुरक्षा रणनीति अवलम्बन गरेको छ।

सप्तरी । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

राकेश यादव, रौतहट । रौतहट जिल्लामा चुनावी सरगर्मी बढेको छ । जेनजी आन्दोलन पछि हुन् लागेको प्रतिनिधि सभाको निर्वाचनको समय नजिकदै जादा चुनावी माहोल तातिदै गएको हो ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

भक्तपुर । आम जनता पार्टी (आजपा)का नेतृ एवं भक्तपुर–२ का उम्मेदवार देवकुमारी साहले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् ।

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने भनेर घोषणापत्रमा लेख्ने रास्वपालगायतका दलहरुले तत्काल माफी माग्नुपर्ने र त्यस्ता दललाई निर्वाचन आयोगले खारेज गर्नुपर्ने बताएका छन् ।

ट्रेन्डिङ