महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएका हुन् ।
त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले छ हजार २१३ मत ल्याएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया