बाँके २ बाट इस्तियाक राई विजयी

समाचार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतपरिणाममा सूर्य चिन्हबाट चुनाव लडेका राईले २४ हजार ६२८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिबेक श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले १७ हजार ५९६ मत प्राप्त गरेका छन् ।

विजयी उम्मेदवार राईले मतदाताप्रति आभार व्यक्त गर्दै बाँके–२ को समग्र विकास, समृद्धि तथा जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ