काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका सहअध्यक्ष शरत सिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
अध्यक्ष यादव अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया जाने भएपछि उनले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
जसपा अध्यक्ष यादवले एक विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १८ देखि २१ गतेसम्म (नोभेम्बर ४ देखि ७, २०२६) दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभामा जसपा नेपालको तर्फबाट अध्यक्ष यादव सहभागी हुनेछन् ।
उक्त अवधिमा पार्टीको दैनिक कामकाज तथा संगठनात्मक गतिविधि सञ्चालन गर्न पार्टी विधानअनुसार कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गर्न भण्डारीलाई अनुरोध गरिएको छ ।
अध्यक्ष यादवले जारी गरेको पत्रमा सम्मेलन अवधिभर कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्न भण्डारीलाई आग्रह गरेका छन् ।
आईक्याप एसियाली मुलुकका राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र संवाद प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय संस्था हो । यसको १३औँ महासभामा एसियाका विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया