अवैध रुपमा संचालन गरेको मदिरा भट्टी तथा मदिरा नष्ट

समाचार

3/4/2019

पर्सा, १७ फागुन । पटेर्वा सुगौली गाउँपालिका-२ स्थित चाबेमा अवैध रुपमा संचालन गरिएका मदिरा भट्टी २५ वटा, तयारी मदिरा ५० लिटर र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ४ हजार लिटर बिहीबार प्रहरीले नष्ट गरेको छ ।

उक्त स्थानमा अवैध रुपमा घरेलु मदिरा भट्टिहरु संचालनमा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त प्रहरीले उक्त मदिरा भट्टी तथा तयारी मदिरा र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ