गोले भए सिक्किमका नयाँ मुख्यमन्त्री

समाचार

5/28/2019

काठमाडौं, १४ जेठ । सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का अध्यक्ष पीएस गोलेले सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन्

सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा भएको एक समारोहकाबीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाएका हुन् ।

सपथ ग्रहणपछि कार्यभार सम्हाल्दै मुख्यमन्त्री गोलेले अबदेखि सिक्किममा शनिबार सरकारी बिदा हुने घोषणा गरे । आफूहरुले खर्च घटाएर सिक्किमेली नागरिकलाई विभिन्न योजनाहरु उपलब्ध गराउने पनि मुख्यमन्त्री गोलेले उल्लेख गरे ।

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ ।

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई सिक्किम क्रान्तिकारी मोर्चाले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो । सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ