इन्डो–नेपाल आर्टिष्ट एण्ड आर्ट क्रिटिक्स सिम्फोजियम सम्पन्न

समाचार

2/21/2019

काठमाडौं, ८ फागुन । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित ललितकला एकेडेमीमा सञ्चालित ‘इन्डो–नेपाल आर्टिष्ट एण्ड आर्ट क्रिटिक्स सिम्फोजियम’ सम्पन्न भएको छ । उक्त सिम्फोजियम माघ २४ गतेदेखि सुरु भएको थियो ।

सिम्फोजियम नेपाली कलाकारहरु रागिनी उपाध्यायसहित एरिना ताम्राकार, केशवराज खनाल र समुन्द्रमान सिंह श्रेष्ठले कला सिर्जना गरेका छन् ।

नेपाली कलाकारका साथमा भारतका अमितकुमार, चन्दन अग्रवाल, सञ्जय कुमार र मनिशा अग्रवालले आ– आफ्नै शैलीमा कला सिर्जना गरेका थिए ।

कला समिक्षक डा. राजेश ब्यासको समन्वयनमा भएको कला समीक्षामा नेपालबाट विनिता मरहट्टा, मधु शाही, सिताराम बडाल र निरञ्जन कुँवरले समिक्षकीय सत्रमा भाग लिए ।

सिम्फोजियमलाई युपी आर्ट सर्कलले आयोजना गरेको थियो भने विपी कोइराला इन्डिया नेपाल फाउन्डेशन र ललितकला एकेडेमी नयाँ दिल्लीले सहयोग गरेको थियो ।

समापन समारोहमा नेपाल र भारतबीचको सम्बन्धलाई दिन, दशक र शताब्दीले नाप्न नसक्ने बताइएको थियो । नेपाली कलाशैली र मौलिकताप्रति भारतीय कलाकार प्रभावित भएको आयोजक प्राडा जयकृष्ण अग्रवालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ