एनआरएमएद्वारा रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न

समाचार

5/26/2019

काठमाडौं, १२ जेठ । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले रमदानको अवसरमा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएमए कतारले एशियन टाउन प्लाजÞा मा‘ल हाला रेस्टुरेन्टमा रोजा राख्नेहरुका लागि यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेको छ। यसअघि पनि रमदानका अवसरमा एनआएएमएले विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कतारमा रहेका करिब एक सय मधेशीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा एनआरएमएका अन्तर्राष्ट्रीय सदस्य र कतारको अध्यक्ष शम्भुनाथ साहले रमदानको शुभकामना दिदै सम्पूर्ण मधेशीलाई एकीकृत भएर एकआपसमा सहयोग गर्न आग्रह गरे। मधेशको पहिचान, धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्ने काम पनि एनआरएमएको रहेको साहले बताएका थिए ।

यसैगरी अन्तर्राष्ट्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, मीडिया संयोजक शिव कुमार पाल, सदस्य अमिरी बाबु साह, सदस्य दिवाकर कुमार झा र सदस्य असघर अलिले पनि शुभकामना मन्त्वय राखेका थिए र नव गठित जनमत पार्टीको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ