पोखरा, २० मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान सम्पादक गोपाल जिसीको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, वर्गदृष्टि साप्ताहिकका संवाददाता राजेन्द्र सुवेदी, रेडियो कुसुमका समाचार वाचक निर्मल पौडेल, दाउन्ने साप्ताहिककी संवाददाता शोभा जिसी, रेडियो वुर्तिवाङका सुमन विश्वकर्मालगायत रहेका छन् ।
भेलाको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले मैनबत्ती बालेर गरेका थिए ।
तपाईको प्रतिक्रिया