खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

समाचार

3/4/2019

दाङ, १८ फागुन । तुल्सीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २७ वर्षीय गणेश हमाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका–७ डाँडापातु बस्ने २१ वर्षीय असिमसिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्कमा राठोर समेत ३÷४ जनाको समूहले हमाललाई खुकुरी प्रहार गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यायल तुल्सीपुरबाट खटिएको प्रहरीले फरार व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही उपमहानगरपालिका(७ खर्चवाको जंगलमा भाग्दै गरेको अवस्थामा राठोरलाई फेला पारी पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हमालको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार पश्चात थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ