मोरङ, ८ माघ । बेलबारी नगरपालिका–११ स्थित बस्नेत ग्रिलमा काम गर्ने क्रममा ग्यास वाइलडिङको ड्रम पडकिँदा सोही नगरपालिका–९ बस्ने ३७ वर्षीय मनिष बराईलीको मंगलबार बिहान मृत्यु भएको छ ।
उक्त ड्रम पडकिदाँ गम्भीर घाइते भएका सोही ग्रिलमा काम गर्ने बराईलीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया