महोत्तरी, २२ बैशाख । जलेश्वर नगरपालिका–१० साडी टोल बस्ने नविन ठाकुरको घरबाट शनिबार राति करिब ५ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको छ ।
४/५ जनाको समूहमा आएका लुटेराहरुले घरको झ्यालको रड बङगाई भित्र प्रवेश गरी सुतिरहेको ३ जना परिवारहरुलाई नियन्त्रणमा लिई सुन तथा चाँदीका गरगहना, मोबाइल २ थान र नगद ५० हजार रुपैयाँ समेत गरी उक्त रकम बराबरको धनमाल लुटपाट गरी फरार भएका हुन् ।
फरार लुटेराहरुको खोजी गर्ने क्रममा महोत्तरी जलेश्वर नगरपालिका–२ पुरानो हल छेउबाट सशंकित अवस्थामा हिँडिरहेका ए जनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया