छोरी प्रदेशको स्वाभिमान : कानूनमन्त्री यादव

समाचार

3/11/2019

रौतहट, २७ फागुन । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले छोरी प्रदेश २ को आन बान शान र स्वाभिमान भएको बताएका छन् ।

रौतहट जिल्लाको सदरमुकाम गौरस्थित राईस मिलको मैदानमा स्थानीय विकास केन्द्रले आयोजना गरेको रौतहट जिल्ला पालिका स्तरीय महिला फुटबल टूर्नामेन्ट रौतहट गोल्ड कपको सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै कानूनमन्त्री यादवले खेलकूदबाट शारीरिक विकास मात्रै नभई राष्ट्रको समृद्धि हुने भएको बताए ।

उनले भने प्रदेश सरकारले सबै क्षेत्रमा महिलाको समानता, समावेशी सहभागिताको लागि कार्य गरिरहेको छ । भलिबल, कराँते खेलका राष्ट्रिय खेल्दै समेत रहेका मन्त्री यादवले छोरीहरुलाई सबै खेलकूदको प्रारूपमा सहभागी गराउने सरकारको नीति रहेको प्रस्ट पारे ।

मन्त्री यादवले प्रदेश सरकार महिलाहरुको सशक्तिकरण र सुरक्षाका लागि नयाँ कानून ल्याउने तयारी भैरहेको जनाउँदै आउन लागेको कानूनमा ५० प्रतिशत महिलाहरुको आरक्षण रहेको बताए ।

खेलकूद महत्वपूर्ण रहेको छ । खेलकूद प्रदेश समृद्धिको आधार रहेको बताए । प्रदेशका महिला खिलाडी अन्तर्राष्ट्रीय जगतमा पहिचान बनाउन सरकारको धारणा रहेको बताए ।

खेलकूदले गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै स्वास्थ्यका लागि उपयुक्त रहेको उल्लेख गरे । मन्त्री यादवले महिला खेलकूदका लागि महिला खेलकूद एकेडमी खोल्ने योजना रहेको बताउँदै प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको सुनाए ।

उनले भने प्रत्येक जिल्लामा कवर्ड हल निर्माण हुनेछन् । गौर राईस मिलको विषयमा मन्त्री यादवले कÞानूनी जटिलताको कारण प्रदेश सरकारले छानविन गर्न नसकेको जानकारी गराए ।

अदालतले पत्राचार गरेपछि गठित उच्च स्तरीय छानविन समितिले काम गर्न नसकेको बताउँदै मुद्दा फैसला भएकोले अब अधिग्रहणको प्रक्रिया अगाडी बढ्ने आश्वासन दिए ।

गौर राइस मिल रौतहटको धरोहर भएकोले जसरी भएपनि अधिग्रहण हुने प्रतिवद्धता जनाए । मन्त्री यादवले समतामूलक समाजको निर्माण गर्नुपर्ने बताए ।

उनले भने महिला पूर्णरुपमा अधिकार प्राप्त नगरे तथा लैंगिक विभेद समाप्त नभएसम्म विभेदरहित समाज निर्माण गर्न कठिन रहेको छ । कार्यक्रममा प्रदेश सांसद रामकिशोर यादवले महिलाको विकासका लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए ।

घरमा बस्ने केटी आज खेलमैदानमा आफ्नो कला प्रदर्शन गरेको देखेर हर्षित भएको भन्दै सांसद यादवले आजको छोरी भोली राष्ट्रिय, अन्तर्राष्ट्रिय खिलाडी हुन सकने बताए ।

गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले गौर नगरपालिका महिला फुटवल खिलाडीहरुको प्रशिक्षणको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गरेका छन् ।

महिला फोरमका जिल्ला अध्यक्ष शोभा देवी साहले महिला माथि हुने विभिन्न किसिमका विभेद अन्त गर्नुपर्ने धारणा राखिन् ।

सम्पन्न कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, प्रदेश सदस्य बृज यादव, नेता रामेश्वर प्रसाद यादव, जिल्ला उपाध्यक्ष श्याम विहारी यादव, पूर्वनगर प्रमुख इसराइल अंसारी, अंगार संयोजक अमरूल हक, विद्यार्थी नेता प्रकाश भाई मधेशिया, ललन यादव, राजपाका विद्यार्थी नेता ओमप्रकाश मधेशिया, ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसैन, लगायत विभिन संघसंंस्थाका अध्यक्ष प्रतिनिधि सहभागी भएका थिए ।

गौर नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच भएको फाइनल मुकावलामा चन्द्रपुर १ का विरुद्ध १५ गोल गर्दै उपाधि कब्जा गरेका हुन् ।

६० मिनेटको खेलमा राम्रो प्रदर्शन गर्दै चन्द्रपुरले १५ गोल गरेका थिए भने गौर नगरपालिकाले १ गोल मात्र गरेका थिए ।

विजेता टीमलाई डिश होमको तर्फबाट ५१ हजार तथा उपविजेता टीमलाई ग्रामीण विकास केन्द्रको तरफबाट २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

उत्कृष्ट खेलप्रदर्शन गर्नेलाइ आरडीसीलें एउटा साइकल समेत सहयोग गरेका छन् । विजेता तथा उपविजेतालाई कानून मन्त्री यादवले पुरस्कारसहित कप प्रदान गरेका थिए ।

१२ स्थानीय तहका टीम सहभागी भएका प्रतियोगितामा सहयोग पुर्याउने संघसंस्था व्यक्तिलाई सम्मानित गरिएको थियो । आयोजक सस्थाले मन्त्री यादवलाई दोसल्लासहित मधेशको संस्कृति झल्किने दुलार के निशानीबाट सम्मान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ