पर्सा, ११ मंसिर । राष्ट्रिय अनुसन्धानको कार्यालय हेटौंडामा प्रहरी जवान पदमा जागीर लगाई दिने भन्दै रकम ठगी गरेको अभियोगमा बीरगंज महानगरपालिका–१३ डेरा गरी बस्ने धोबिनी गाउँपालिका–३ हरिपुरका आलोककुमार पाण्डेय भन्ने सन्तोषकुमार पाण्डेयलाई मंसिर ७ गते प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेय समेतले जागिर लगाइदिने भनी नक्कली नियुक्तिपत्र समेत दिएर झुक्काई बाराका ३ जनासँग क्रमशः १ लाख ७० हजार, १ लाख ५० हजार रुपैयाँ र ४ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितबाट जाहेरी प्राप्त भएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया