जानकी मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा पूजाअर्चना

समाचार

5/13/2019

जनकपुरधाम, ३० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । जानकी नवमीको अवसरमा उनी सोमबार विहान जनकपुर आएर जानकी मन्दिरमा दर्शन एवं पूजाअर्चना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । यसपटक शान्तिपूर्ण वातावरणमा उनी पूजाअर्चना गरेकी हुन् ।

यसपटक सप्ताहव्यापी रुपमा जानकी नवमी महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाएका छन् ।

जानकी नवमीलाई महामहोत्सवको रुपमा मनाउन बैशाख २२ गतेदेखि नै गतिविधि शुरु गरिसकिएको छ । २२ गतेदेखि राम कथा प्रवचन, नवाह रामायण पाठ र बधाई मंगल गान शुरु गरिसकिएको हो ।

बैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म निरन्तर गतिविधि हुनेछ । यस्तै वैशाख ३१ गते विद्वत गोष्ठी तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या र वैवाहिक मटकोर समारोह गरिनेछ । जेठ १ गते रामायण आधारित प्रश्नोत्तर प्रतियोगिता र मिथिला सांस्कृेतिक विवाह महोत्सवको आयोजना गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ