जनकपुरधाम, २९ बैशाख । सप्ताहव्यापी रुपमा मनाइने जानकी नवमी महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।
जानकी नवमीलाई महामहोत्सवको रुपमा मनाउन वैशाख २२ गतेदेखि नै गतिविधि शुरु गरिसकिएको छ । २२ गतेदेखि राम कथा प्रवचन, नवाह रामायण पाठ र बधाई मंगल गान शुरु गरिसकिएको हो ।
महामहोत्सवमा सहभागिता जनाउन राष्ट्रपति विद्या भण्डारीसमेत आउने भएकी छन् । यस पटकको जानकी नवमीलाई जनकपुरधाममा महामहोत्सवको रुपमा मनाइने भएको छ ।
बैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म निरन्तर गतिविधि हुनेछ । यस्तै वैशाख ३१ गते विद्वत गोष्ठी तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या र वैवाहिक मटकोर समारोह गरिनेछ ।
जेठ १ गते रामायण आधारित प्रश्नोत्तर प्रतियोगिता र मिथिला सांस्कृेतिक विवाह महोत्सवको आयोजना गरिनेछ ।
तपाईको प्रतिक्रिया