तिन दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

समाचार

5/17/2019

रौतहट, ३ बैशाख । गौर नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा यूनिसेफ र नेपाल पब्लिक हेल्थ रिसर्चर्स एन्ड डेभलपमेन्ट सेन्टरको सहयोगमा तीन दिवसीय तथ्यमा आधारित मातृ, नवजात शिशु, बालबालिका तथा किशोर किशोरी स्वास्थ्य सेवाको अवरोध विश्लेषण तथा रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी कार्यक्रम बिहीबार गौरस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

नवजात शिशुको सुरक्षा, मातृत्वको रक्षा तथा बालबालिका किशोर किशोरीको स्वस्थ्यता कसरी गर्न सकिने भने रणनीतिक योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

बाल मृत्युदर शून्यमा लयाउने मुख्य लक्ष्य सहित आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख अजय कुमार गुप्ताले गौर नगरपालिका रोगमुक्त नगरपालिका बनाउने लक्ष्य रहेको बताएका छन् ।

समापन कार्यक्रममा मन्तव्य राख्दै मेयर गुप्ताले भ्रुणदेखि मृत्युसम्मको अवधिलाई स्वास्थ्य अवधिमा परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले भने महिला स्वस्थ भए सन्तान बलियो र स्वस्थ हुने छन् ।

गर्भवती भएकी महिलालाइ आवश्यक पौष्टिकयुक्त आहार सेवन गर्नुपर्ने, नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने, बच्चा जन्मेपछि आमाको विगौती दूध बच्चालाई खुवाउनु पर्ने, किशोर किशोरीले हरियो सागपात सँगै पोषिलो खाना खानुपर्ने, हानिकारक खाद्य सामग्री प्रयोग नगर्ने, व्यक्तिगत सरसफाईमा ध्यान पु¥याउनुको साथै वातावरण स्वच्छ बनाउनु पर्ने सुझाव समेत दिए ।

निर्र्वािचत वडा अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, वडा सचिव, किशोर किशोरी, पत्रकार नगरपालिका, गैर सरकारी संघ सस्थाको प्रमुख प्रतिनिधि सहभागीहरुलाइ यूनिसेफका वरिष्ठ जनस्वास्थ्य अधिकृत बेकी प्रसाई, फील्ड कोर्डिनेटर प्रदीप श्रेष्ठ, गौर नगरपालिकाका स्वास्थ्य संयोजक कपलेश्वर वर्माले सहभागीहरुलाई स्वास्थ्यको सम्बन्धमा जानकारी गराएका दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ