तिलोत्तमा नगरपालिकाका आदिवासी जनजाति आन्दोलित

समाचार

5/12/2019

रुपन्देही, २८ बैशाख । तिलोत्तमा नगरपाकिलाका नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।

आदिवासी जनजाति समुहको बजेट कार्यान्वयनमा नगरपालिकाले चासो नदेखाउनुका साथै नगर परिषदबाट विनियोजन गरिएको बजेट समेत कटौती गरेको आरोप लगाउँदै जनजाति महासंघ आन्दोलित भएको हो ।

नगरपरिषदद्वारा विनियोजित बजेट खर्च गर्नेतर्फ नगरपालिकाले बेवास्ता गरेको भन्दै महासंघले शनिबार पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको हो ।

लक्षित वर्गको बजेट खर्च गर्नेतर्फ नगरपालिकाले अहिलेसम्म कुनै चासो नदेखाएको र सरोकारवालाहरुसँग छलफलनै नगरी नगरपरिषदले विनियोजन गरेको बजेट कटौती गरे आदिवासी जनजातिका अगुवाहरुको गुनासो छ ।

महासंघद्वारा घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल गर्ने, जेठ ४ गतेदेखि ७ गतेसम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना र विरोध सभा गर्ने जनााइएको छ । त्यति गर्दा समेत माग पुरा नभए नगरपालिकाका तालाबन्दी गर्ने सम्मको कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ