बाँके, १५ फागुन । बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार बझाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर जाने क्रममा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले मंगलबार बिदाई गरेको छ ।
हुरीपपका अध्यक्ष आलम खानले सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मानव अधिकार मैत्री सेवा प्रदान गरेको भन्दै औपचारीक कार्यक्रमको आयोजना गरी बिदाई गरेको बताए ।
बिदाई कार्यक्रममा नेपाली कांग्रेस सल्यान जिल्लाका सचिव प्रकाश भण्डारीले बाँकेमा जसरी मावन अधिकार मैत्री काम गरेका छन् । त्यसरी नै बझाङमा पनि मानव अधिकार मैत्री भएर काम गर्न शुभकामना दिएका छन् ।
कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष डक्ट प्रसाद धितालले जिल्ला प्रशासनबाट प्रवाह हुने सेवालाई सहज बनाउन सफल भएका सहायक प्रजिअलाई बधाई दिँदै बाँकेमा जडान भएका सिसि क्यामरालाई कानुनी मापदण्डमा ल्याउने अभियान बाँकेका लागि नमूना भएको बताए ।
पत्रकार गजेन्द्र गुरुङले पछाडि पारिएका समुदायको उत्थानका निम्ती काम गरेर देशको नमूना प्रशासक बन्न शुभकामना दिए ।
तपाईको प्रतिक्रिया